०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

संचार विधेयकविरुद्वको आन्दोलनमा राज्य मन्त्रीदेखि सांसदसम्मको समर्थन

Logo
प्रकाशित मंगलबार, आषाढ २३, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम, २३ असार । प्रदेश २ सरकारले ल्याएको प्रदेश सञ्चार विद्येयक खारेजको माग गर्दै प्रदेश सभा अगाडि संचारकर्मीहरु प्रदर्शन गरेका छ्न् ।

नेपालको संविधान भन्दा पनि निरंकुश रहेको भन्दै संचाकर्मीहरुले विद्येयक विरुद्ध प्रदेश सभा अगाडी सोमबार प्रर्दशन गरेका हुन् । प्रदेश २ सरकारले प्रदेशसभावाट पारित गरेको सञ्चार विद्येयक राणकालीन कठोरता अपनाएको भन्दै उनीहरु प्लेकार्ड बोकेर प्रदर्शन गरे ।

पत्रकार विपी साहको नेतृत्वमा सञ्चारकर्मीहरुले सञ्चार विद्येयकमा १० हजार देखि २० हजार सम्म जरिवाना र सञ्चार समाग्री जफतको प्रावधान निरंकुश रहेको भन्दै निरन्तर विरोध गर्दै आएका छन् । पत्रकार साहका अनुसार नेपालको संविधान भन्दा समेत प्रदेश सरकारको बिधेयक निरंकुश र प्रेस स्वतन्त्रता विरोधी रहेको बताए ।

उनले नेपालको संविधानमा समेत सञ्चार उपकरण जफत गर्ने अधिकार कसैसंग नरहेको स्मरण गराउदै प्रदेश सरकारले गलत मनशायले यो प्रावधान राखेकाले स्वीकार गर्न नसकिने बताए ।

राष्ट्रिय दलित पत्रकार संघ धनुषा अध्यक्ष कुलदिप दास, खोजकेन्द्र डट कमका सहसम्पादक सिबेन्द्र रोहिता, कुलदिप दास केडी, तराई टाइम्सका शुभाष कुवर, हाम्रो जनकपुर डट कमका शम्भु पण्डितसहितका संचारकर्मीहरु प्रदर्शनमा सहभागी भएको थियो।

उक्त आन्दोलनलाई नेकपाकी सांसद मन्जु यादव, जनता समाजवादी पार्टीका सांसद विदेश्वर प्रसाद यादव ९बिक्री ०, सुरिता साह, उद्योग पर्यटन बन तथा वातावरण राज्य मन्त्री सुरेश मण्डल र भूमी, व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवसमेत समर्थन जनाएको छ ।

यसअघि पनि प्रदेश २ का विभिन्न जिल्लामा सञ्चार विधेयकको प्रतिलिपी जलाएर पत्रकारहरुले विरोध जनाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]