मनोज बनैता
असार २७, लहान। लामो समय देखि रिक्त रहेको रा.उ अस्पताल समितिका अध्यक्षमा रोहित महतो मनोनयन भएको छ । लाहान ३ स्थित राम कुमार उमा प्रसाद स्मारक अस्पतालमा प्रदेश नं २ काे समाजिक विकास मन्त्रालयकाे मन्त्री परिषदकाे निर्णयवाट महताे मनोनित भएका हुन ।
समितिमा अध्यक्ष महतो, गाेपाल गुप्ता, पाराे देवी पासवान लगायत दाता परिवार वाट अशाेक मुरारकालाई मनाेनयन गरिएको जानकारी प्राप्त भएको छ । अध्यक्ष महतोको अनुसार सम्पुर्ण समिति सदस्यले शुक्रबार पदभार गरेका थिए । महताेले आफुनिर अस्पतालको नाममा जग्गा नामसारी र अस्पतालको स्तरोन्नति प्रमुख चुनौती रहेको बताए । उनले आफ्नै कार्यकालमा १०० वेडकाे सुविधायुक्त अस्पताल बनाउने प्रतिबद्धता जाहेर गरे ।