११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

नीजि पोखरीमा गाउँपालिकाको हस्तक्षेप, अदालतको अवहेलना भएको साहपरिवारको आरोप

Logo
प्रकाशित शनिबार, आषाढ २७, २०७७

लहान २७, आसार । अदालतमा मुद्दा चलिरहेको अवस्थामा लक्ष्मीपुर पतारी गाउँपालिकाले पोखरी ठेक्का लगाएको भन्दै स्थानीयले आपत्ती जनाएको छ ।
लक्ष्मीपुर पतारी १ स्थित रहेको दुर्गा मन्दिर पोखरी मंगल साहु र धनराज साहुका सन्तानहरुले भोगचलन गर्दै आएका छन् ।

स्थानीय मुसहरु साहले मुद्दाको टुङ्गो नलागेसम्म गाउँपालिकाले सो पोखरी ठेक्का नलगाउनु पर्ने हो । मुसहरु साहले यसअघि आदालतमा मुद्दा दिएका थिए ।
मुसहरु साहले मुद्दा चलिरहेको अवस्थामा गाउँपालिकाले आदालतको आदेशलाई सिधै अपमान गरेको आरोप लगाएका छन् ।

पोखरीको भोगचलन गर्दै आएका लक्ष्मीपुर पतारी १ रामपुर बस्ने शम्भुप्रसाद साहले साबिक गाबिस पिप्रा प्रध ७ हाल लक्ष्मीपुर पत्तारी गाउँपालिका वडा १ मा करिब एक बिघा १८ कठ्ठा क्षेत्रफलमा अबस्थित पोखरी पुस्तौदेखि आफनो बाउबाजेले ब्यत्तिगत रुपमा भोगचलन गर्दै आएको उनले दाबी गर्दै आएका छन् ।स्वर्गीय  मंगल साहु र धनराज साहु दुई दाजु भाई थिए । बि.सं. १९५९ मा पोखरी खरिद गरी आफनो बाउ बाजेको पालादेखि भोगचलन गर्दै आएका छन् ।

भोगचलन गर्दै आएका अर्का नबिनकुमार गुप्ताले स्थानीय तहको चुनाब हुनु आगाडि २०७२ मा गाउँका ५ जना महेन्द्र साह , मुसहरु साह, शंकर साह ,गौरी शंकर साह, बेचन मोचीले  पोखरी कसैको ब्यक्तिगत हैन सार्बजनिक हो  भन्दै जिल्ला आदालत सिरहा, पुनराबेदन आदालत राजबिराजमा मुद्दा दिएका थिए । अहिले यो मुद्दा जिल्ला आदालतमा मुल्तबीमा रहेको साथै  सर्बाेच्च आदालतमा गईसकेकोले सुनवाई नहुन्जेलसम्म पोखरीको माछा वाली रोक्का रहेको छ । गाउँपालिकाले कुन आधारमा यो सार्बजनिक सम्पती हो भनेर ठेक्का लगाएको स्थानीय मुसहरु साहले बताए । भोगचलन गर्दै आएका परिवार सदस्यले गाउँपालिका सिधै हाम्रो परिबारमाथी राजनीतिक प्रहार गरेको आरोप लगाएका छन् । मुद्दाको फैसला भएको छैन । गाउँपालिकाले २०७६ फागुनमा स्थानीय सियाराम मुखियालाई सो पोखरी ठेक्का दिएको हो । पोखरी हाम्रो बाउ बाजेको नीजि सम्पती हो । हामीसंग प्रमाण छ । हामी आदालतमा मुद्दा लडिरहेको छु । आदालतले पोखरी सार्बजनिक सम्पती हो भन्ने लिखित आदेश दिएपछि मात्र गाउँपालिकालाई  ठेक्का लगाउनु पर्ने उनीहरुको कथन हो । उता, गाउँपालिकाले स्थानीयबाट    दश लाखको माछा झिकेर बाडफाँट गर्न लगाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]