०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

डाक्टरलाई  कुटपिट गर्न पाइदैन भन्दै  जनकपुरमा प्रदर्शन

Logo
प्रकाशित मंगलबार, आषाढ ३०, २०७७

न्यूजमधेश डेक्स
जनकपुरधाम ,३० असार ।डाक्टरलाई  कुटपिट गर्न पाइदैन भन्दै  सोसाइटी अफ मेडिकल स्टुडेन्टस जनकपुरमा प्रदर्शन गरेको छ ।

गत असार ११ गते झापाको विर्तामोडमा डा. झा कार्यरत अस्पतालमा विरामीको आफन्तले कुटपिट गरेको र अहिले सम्म कार्वाही नगरेको भन्दै सोसाइटी अफ मेडिकल स्टुडेन्टस्, नेपालले जनकपुरमा प्रदर्शन गरेका ।

सोसाइटी अफ मेडिकल स्टुडेन्टस् नेपाल को कार्यकारी सदस्य विवेक माहासेठ र चन्दन यादवको नेत्तृत्वमा भएको उक्त कार्यक्रममा जनकपुरका डाक्टर, मेडिकल विधार्थी र स्थानियहरूको उपस्थित रहेको थियो। प्रदेशिक अस्पताल देखि सुरू भएको जुलुस जनक चौकमा गएर कोण सभामा परिणत भएको थियो।

र्याली गर्दै कोण सभामा परिणत भएको बिरोध कार्यक्रममा डा. सुधाकर झा, अभिषेक यादव, चन्दन यादव, विवेक माहासेठ लगायतले मन्तब्य राखेका थिए। कोरोनाजस्तो विपद् को बेलामा पनि अग्रपङ्तिमा रहेर काम गर्ने डाक्टरहरूमाथि हुने हातपातले मानवतामाथि नै प्रस्न चिन्ह खडा गरेको छ ।

यस्तो दुर्व्यवहारले मेडिकल विधार्थीको मनोबल घट्न गई सेवाको भावना कम हुनसक्ने मेडिकल विधार्थीहरुले भन्नुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]