११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

पत्रकार महासंघ सिरहा कार्यसमितिको बैठक सम्पन्न, प्रमुख निर्णय सार्वजनिक

Logo
प्रकाशित बुधबार, आषाढ ३१, २०७७

मनोज बनैता
लाहान, ३१ असार । सोमबार सिरहामा बसेको नेपाल पत्रकार महासंघ सिरहा शाखा कार्यसमितिको बैठक भव्यताकोसाथ सम्पन्न भएको छ । सिरहा शाखाको अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताको अध्यक्षता र केन्द्रिय सदस्य देबकुमार यादबको प्रमुख आतिथ्यमा सिरहा सदरमुकामको जिल्ला शाखामा बसेको उक्त बैठकले पत्रकारको हकहितलाई ध्यानमा राखी विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ ।

बैठकले शाखाका साधारण सदस्य रहेको गोपाल गुप्ता (रौनियार) लाई कार्यवाही समेत गरेको छ । गुप्ता विरुद्ध धेरै गुनासोका उजुरी परेको हुनाले उनीमाथि कार्यवाही गरिएको भनिएको छ । पत्रकारिताको आडमा जग्गा कारोबार लगायत अन्य अबैधानिक गतिविधिमा लागेको आधारमा गुप्तालाई सात दिने स्पस्टिकरण माग गरिएको शाखा अध्यक्ष दिनेश्वर प्रशाद गुप्ताले जानकारी गराए । यस अघि गुप्तालाई प्रेस मञ्च नेपालको सिरहा शाखाले समेत साधारण सदस्य समेत नरहने गरि निलम्बन गरेको प्रेस मञ्च सिरहाका कार्यकारी अध्यक्ष महेश सिंह महतोले जानकारी दिए । उनी माथि पत्रकारिताको नाममा विभिन्न नाजायज काम गर्दै गरेको आरोप लाग्दै गरेको प्रेस मञ्चका केन्द्रिय सचिब बिरेन्द्र यादवले जनाएका छन ।

महासंघले जिल्लाका पत्रकारहरुको सीप र क्षमता अभिबृद्धी गर्न जिल्लाका १७ वटै स्थानिय तह लगायत सरोकारबाला संग समन्वय गरी माहासंघको आयोजनामा तालिम संञ्चालन गर्नको लागी स्थानिय तहहरुमा प्रस्ताब पेश गर्ने निर्णय गरेको छ । त्यसैगरी जिल्लाका बिभिन्न मिडियाहरुमा प्रसारित , प्रकाशित बिज्ञापनमा एकरुपता ल्याउनका लागी जिल्लाका स्थानिय तहको प्रमुख लगायत सरोकारबालाहरु संग एक दिने अभिमुखिकरण तथा अन्तरक्रिया गर्ने समेत निर्णय गरेको छ ।
जिल्लाको कार्यसमिति संग समन्वय गरेर जिल्ला शाखामा आबद्ध महासंघको सदस्यहरुले साउन महिनाको अन्तिम सम्ममा अनिबार्य सदस्यता नबिकरण गर्नुपर्ने, नबिकरण शुल्क महासंघको राष्ट्रिय बाणिज्य बैंकको खातामा जम्मा गर्ने , भौचर महासंघमा पेश गर्ने लगायतका निर्णय गरिएको स्रोतले बताएको छ ।
सिरहाको बिष्णुपुर गाउँपालिकामा महासंघको भवन निर्माण गर्नका लागी गाउँपालिका अध्यक्ष जागेश्वर यादबको बिशेष सहयोगमा करिब डेढ कठ्ठा ऐलानी जग्गा दिएको साथै आगामी आर्थिक बर्षमा भवन निर्माण गर्न गाउँसभा बाट ५ लाख रकम बिनियोजन गरेकोले जिल्ला शाखाले गाउँपालिकालाई धन्यबाद दिने लगायतको निर्णय गरेको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]