११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

पोखरभिण्डा स्थित कब्रीस्तानको पर्खाल निर्माण, मुस्लिम समुदाय हर्षित

Logo
प्रकाशित बिहिबार, साउन ०१, २०७७

मनोज बनैता
सिरहा, १ साउन । सिरहाको पोखरभिण्डा स्थित कब्रीस्तानलाई घेरबार गर्ने उद्देशले पर्खाल निर्माण गरिएको छ । सिरहा क्षेत्र नं १ ख काे प्रदेश सांसद अशोक  कुमार यादव को सकृयतामा उक्त निर्माण कार्य सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।

लक्ष्मीपुर पतारी गाउँपालिका २ स्थित पाेखरभिण्डामा करिव ८ कठ्ठामा फैलिएको कब्रीस्तान संरक्षणकाे लागि सांसद यादवले अार्थिक वर्ष २०७६/०७७ काे प्रदेश सभा सदस्य पुर्वाधार विकास कार्यक्रम अन्तर्गत ६ लाख ५८ हजार बराबरको बजेट छुट्याएको थियो ।

उपभोक्ता समितिकाे अध्यक्ष माेमताज मियाँले भने “दिनदिनै कब्रीस्तानको जग्गा अतिक्रमण भईरहेको बेला सांसद यादवले पर्खाल निर्माणमा चासो लिनु गौरवको कुरा हो ।” त्यसैगरी युवा नेता यादव ले आफ्नो क्षेत्रमा दर्जनौ यस्तै खालको दिर्घकालिन  विकासको कार्यलाई अगाडि बढाएको सुमेश यादवले जानकारी दिएका छन ।

नेता यादवद्वारा ल्याईएको बजेटमा सखुवानन्कारकट्टी – ३ मा ५०० मिटर जति आरसिसी ढलान ईटहर्वाकाे पाेखरीमा क्रेटिङ्ग तथा घाट निर्माण,भगवानपुर गर्साहामा खानेपानी याेजना,सरहन्चियामा धर्मशाला निर्माण,हरिनगरामा कलभट निर्माण र महेशपुरमा कृषि विधुतीकरण जस्ता दर्जनौं याेजनाहरु निर्माणको अन्तिम चरणमा रहेकाे जानकारी प्राप्त भएको छ । प्रत्येक निर्माण काममा नेता यादव आफै पुगेर पटकपटक अनुगमन गर्ने गरेको एक स्थानीय भोगेन्द्र यादव बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]