११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

वडा अध्यक्षको कार्य कक्षमा तालाबन्दी

Logo
प्रकाशित बिहिबार, साउन ०१, २०७७

लहान, १ श्रावण । सप्तरीको सुरुङ्गा नगपालिका –५ को वडा अध्यक्षको कार्य कक्षमा बनिगामाका स्थानियवासीहरुले अश्चितकालका लागि तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण सेवाग्राही चम मारमा परेका छन् ।
वडा अध्यक्ष अरहुलिया देवी पासवानले विकासिय बजेटमा व्यापक भेदभाव गरेको भन्दै बनिगामाका स्थानियवासीले वडा कार्यालयमा अनिश्चतकालीन तालाबन्दी गरेका हुन । हामीहरुको माँग पुरा नभए सम्म तालाबन्दी जारी रहने स्थानिय दुर्गा प्रसाद चौधरीले जानकारी दिए ।
गाँउमा आरसिसि ढलानका लागि बारम्बार वडा अध्यक्ष पासवानलाई आग्रह गर्दा समेत वडा अध्यक्ष पासवानले बेवास्ता गरेका कारण बाध्य भएर वडा कार्यलयमा तालाबन्दी गर्नु परेको समाज सेवी देवकी चौधरीले बताईन । वडा अध्यक्ष मोम्हद सिल्टु मियाँलाई केहि महिना अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस सहित प्रक्राउ गरेपछि मियाँको स्थानमा वडा सदस्यमा निर्वाचित अरहुलिया देवी पासवानले वडा अध्यक्षको कार्यभार समाल्दै आएकी छिन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]