११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

सांसद यादवद्वारा बिकासको लहर, विकट गाउँ बने शहर

Logo
प्रकाशित शुक्रबार, साउन ०२, २०७७

मनोज बनैता
लहान, २ श्रावण । सिरहा १ ख प्रदेशसभा सदस्य अशोक कुमार यादवको सक्रियता अहिले चर्चाको बिषय बनेको छ । सांसद यादवको उदाहरणीय विकास निर्माणका कामहरुले उनको राजनैतिक छ्वीलाई झनै निखारेको देखिन्छ । प्रतिकुल स्वास्थ समस्या संग जुझ्दै यादवले भौतिक बिकास निर्माणमा उल्लेखनीय भुमिका खेलेको अधिकान्स स्थानीयको भनाई रहेको छ । गाउँ गाउँ लाईजोडने सर्किट निर्माणको कारण स्थानीयले पनि शहर मै बसेको अनुभुती गर्न थालेका सखुवानन्कारकट्टीका बिष्णु यादवले बताए ।


सांसद यादवको उदाहरणीय कामहरू
१. लहान २० पडरिया र हरिनगर जोडने सपही नदीमा पूल निर्माण । स्थानीय बुचन सदायले भने बर्षातको मौसममा असाध्यै कठिनाइ भोगीरहनु परेकोले पुल निर्माण हुनु आफैमा उदाहरणीय काम हो । पुल निर्माण लगत्तै उक्त वडाका अध्यक्ष गणेश चौधरी सदस्य लक्षमण साह , भुलकुन रामले नेता यादवलाई आभार व्यक्त गरेका छन ।

२. लहान १९ कटहामा पक्की पुल तथा  कल्भर्ट निर्माण । स्थानीय श्री देव यादवले भने ‘ प्रदेश सभा सदस्य यादवले ठोस कार्य गर्नुभयो र हामी अगामी बर्षमा थप बिकास योजनाको अपेक्षा गर्दछौं ।’

३. पोखरीमा क्रेटिङ निर्माण  । सखुवानन्कारकटी गाँउपालिका २ सोठियानमा रहेको महराजी पोखरीको क्रेटिङग निर्माण भएको छ जसको बजेट २२ लाख रहेको थियो । स्थानीय शैलेन्द्र यादवको अनुसार भत्किन लागेको पोखरीमा क्रेटिङ निर्माण भएपछि यस भेगका जनता हर्षित छन ।

४. सडक ढलान, चौतारा निर्माण, क्रेटिङ, पिच बाटो आदि  । सखुवानन्कारकटि ३ दिनाजपुर गाँउमा सडक ढलान गरिएको छ । त्यसैगरी महदेवा स्थित पोषण पोखरीमा चौतारा निर्माण गरिएको छ । गत वर्ष त्रिमूर्ति चोकसम्म पिच सडक निर्माण भएको जानकारी नेता यादवले दिए । त्यस्तै, इटहर्वा पोखरीको क्रेटिङग निर्माण ,लहान २१ बेतहामा गरीव दलितहरुको लागि सय जना सम्म अतिथि सुत्न बस्न सक्ने भवन निर्माण, गत वर्ष पोर्ताहा माविको दुई तल्ले भवन निर्माण,सखुवानन्कारकटि बेतहा र परिहारपुर जोड्ने सडक लगायतका कार्यहरु अति नै प्रशंसनीय र जनहितमा हुने कार्य प्रदेशसभा सदस्यले गरेको  महदेवा पोर्ताहा गाविसका पूर्व गाविस अध्यक्ष समेत रहेका राम नारायण यादवले बताए ।

५. दलित बस्तीमा पक्की सडक निर्माण । लहान २ मा रहेको मुसहर समुदायको वस्तीमा समेत ढलान सडक निर्माण गरिएको छ । बर्षामा हिलाम्मे हुने बस्तीका स्थानीयले राहत भएको महसुस गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]