११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

शहिदनगरमा बाढीबाट बचनको लागि पूर्वतयारी तथा प्रतिकार्य अभ्यास

Logo
प्रकाशित आइतबार, साउन ०४, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,४ साउन । बाढीबाट जनधनको क्षति न्यूनिकरण गर्नको लागि पूर्वी धनुषाको शहिद नगर नगरपालिकामा सुरक्षाकर्मीहरुले शनिबार पूर्वतयारी तथा प्रतिकार्य अभ्यास  गरेको छ  ।

युनिसेफको सहयोगमा लाइफ नेपालद्वारा शहिदनगर नगरपालिकामा बाढीबाट जनधनको क्षति न्युनिकरण तथा प्रतिकार्य अभ्यास कार्यक्रम गरिएको हो ।

लाइफ नेपालले उपलब्ध गराएको सामग्रीहरुको सहयोगका सुरक्षाकर्मीहरुले प्रतिकार्य अभ्यास गरेका थिए । सशस्त्र प्रहरी वल र इलाका प्रहरी कार्यालय, यदुकुहाको समन्वयमा शहिदनगर नगरपालिका वडा नं. २ कमला नदीमा उक्त अभ्यास गरिएको थियो ।

शहिदनगर नगरपालिकाका मेयर उदयकुमार बरबरियाको अध्यक्षतामा आयोजित अभ्यास कार्यमा सम्बन्धित वडाका वडाध्यक्ष, पार्टी प्रतिनिधि, सशस्त्र प्रहरी वल, इलाका प्रहरी कार्यालय, रेडक्रसका प्रतिनिधिलगायत जनसमुदायको उपस्थिति रहेको थियो ।

अभ्यासमा बाढीबाट बच्ने उपाय तथा बाढीमा परेकालाई उद्धार गर्ने सिप, उद्धार सामग्रीको प्रयोग गरिएको थियो । विपतको बेला दु्रत गतिमा उद्धार समाग्रीको प्रयोग गर्न अभ्यासले सहयोग पुग्ने सुरक्षाकर्मीहरुले बताए । अभ्यासको क्रममा पानीको खाली बोतलको प्रयोग गरि उद्धार गरेर देखाइएको थियो ।

उद्धार गरिएकालाई स्वास्थ्यकर्मीहरुले प्राथमिक उपचार गरेका थिए । बाढी पूर्व तयारी तथा प्रतिकार्य अभ्यास कार्यक्रममा लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुर, कार्यक्रम संयोजक संजिव महतो, सशस्त्र प्रहरी वल यदुकुहाका प्रमुख सागर राइ, इलाका प्रहरी कार्यालय, यदुकुहाका प्रमुख दिपकबाबु केसी, शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादव ,वडा नम्बर २ का वडाध्यक्ष जैसिलाल भिनवार, नेकपा धनुषा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य श्रवण बरबरिया यादव, रेडक्रसका प्रतिनिधि लालबाबु हाथी लगायतको उपस्थिति रहेको थियो ।

बाढी पूर्व तयारी तथा प्रतिकार्यका लागि लाइफ नेपालले शहिदनगर नगरपालिकालाई लाइफ ज्याकेट, साइरन, स्वीमिङ्ग ट्यूव, थ्रो ब्याग, त्रिपाल, ह्याण्ड माइक लगायतका उद्धार सामग्रीहरु सहयोग गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]