०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

तिलाठी कोइलाडीका तीन वडा डुबान

Logo
प्रकाशित सोमबार, साउन ०५, २०७७

न्यूजमधेश डेस्क
राजविराज ,५ श्रावण। दुई दिनदेखि लगातार परेको मुसलधारे वर्षाका कारण सप्तरीको खाँडो नदीमा आएको बाढीले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका तीन वटा वडा डुबानमा परेका छन् । जिल्लाको दक्षिणी भेगमा पर्ने तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. १ स्थित बेलही, वडा नं. ४ र ५ मा रहेको बनरझुला गाउँ पूर्णरुपमा डुबान भएको गाउँपालिका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिनुभयो ।

खाँडो नदीमा आएको बाढीले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर १, बेल्हीका १०० घर, वडा नम्बर ४ र ५ कोइलाडी र बरझुलाका करिब २०० घरमा पानी पसेको छ । त्यस्तै खाँडो नदीमा आएको बाढीले तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ३ सकरपुरास्थित खाँडो नदीको पूर्वी तटबन्धको स्परमा कटानसमेत शुरु भएको छ । सो ठाउँमा ५० मिटरभन्दा बढी नदीको स्पर कटान गरेको जनाइएको छ ।

यसैबीच वडा नं. ३ सकरपुरास्थित खाँडो नदीको पूर्वीतटबन्धका स्परमा कटान भएका ठाउँमा अहिले बाँसको पाइलिङ र बोरामा बालुवा हालेर नियन्त्रण गर्ने काम शुरु गरिएको छ । सो ठाउँमा बाँसको पाइलिङ र बोरामा बालुवा हालेर नियन्त्रणको काम तीव्रगतिमा भइरहेको गाउँपालिका अध्यक्ष सतिश सिंहले जानकारी दिनुभयो ।

खाँडोको बाढीले बनरझुला, कोइलाडीका तीन र चार स्थानमा सडकमा समेत क्षति पु¥याएको सो गाउँपालिका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले बताउनुभयो । त्यस्तै सप्तकोशीको बाढीबाट जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित सप्तकोही नदीको पूर्वी तटबन्ध छेउमा बसोबास गर्दै आएका करिब ५० घर परिवार डुबानमा परेको छ ।

यसैगरी राजविराज नगरपालिका वडा नम्बर २, ५ र ६ का बस्तीमा वर्षाको पानी पसेपछि जलमग्न भएको छ । जिल्लाको बलान, खडक, महुली, जिता र खाँडो नदीलगायत आधा दर्जन नदीमा बाढीको उच्च चाप रहेको छ । नदी आसपासका बस्तीमा पानीसमेत पसेको जनाइएको छ ।

कोशी नदीमा पानीको बहाब बढेसँगै कोशी आसपासका सप्तकोशी र कञ्चनरुप र हनुमाननगर कङ्कालिनी नगरपालिकाका स्थानीय ठाउँहरु पनि डुबानमा पर्ने खतरा उत्तिकै बढेको छ । जिल्लाको हनुमाननगर कङ्कालिनी नगरभित्रै पनि पानीको उचित निकास नभएकाले घरमा पानी पसेको स्थानीयवासीले जनाएको छ । हनुमानगर कङ्कालिनी नगरपालिका–१ स्थित रहेको इलाका प्रहरी कार्यालय भारदह पनि डुबानमा परेका छन ।

यता यसअघि नै जिल्लाको टापु भनेर चिनिने हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ गोबगाढा बस्तीमा सप्तकोशी नदीको बाढी पस्दा ७५ परिवार विस्थापित भएका थिए । लगातार वर्षाले सयौँ बिगाहा धानबालीसमेत डुबानमा परेको छ । जिल्लाको सकरपुरा, रम्पुरा मलहनिया, तिलाठी, हनुमाननगरलगायतका ग्रामीण भेकमा किसानले रापेको धानबाली डुबानमा परेको किसानहरुले गुनासो गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]