०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

जनमत पार्टीको संगठन विस्तार धमाधम हुदै

Logo
प्रकाशित आइतबार, साउन ११, २०७७

मनोज मोरबैता
जनकपुरधाम ,११ श्रावण । डा सीके राउत नेतृत्वको जनमत पार्टी महोत्तरीले जिल्लाको विभिन्न नगरपालिकामा संगठन विस्तार धामधम भैरहेको छ ।

शनिबार भन्हा नगरपालिका वडा नम्बर ६ हतिसर्बामा पार्टीको नगर प्रमुख रितेश कुमार साहको अध्यक्षतामा बसेको बैठकमा संतोष कुमार पासवानको संयोजकत्वमा ३५ सदस्यीय वडा समिति गठन गरिएको छ ।

वडा समितिको सह-संयोजकमा राकेश कुमार यादव ,संचार विभाग प्रमुखमा जितेन्द्र कुमार यादवलाई सर्वसहमतिबाट चयन गरेको छ ।

जनमत पार्टीको केन्द्रीय सदस्य संजय कुमार यादवको विशेष उपस्थितिमा ३५ सदस्यीय वडा समिति विस्तार भएका छन् ।

त्यस्तै गोशाला नगरपालिका वडा नम्बर ४ मा विजय महतोको संयोजकत्वमा २१ सदस्यीय वडा समिति गठन गरिएको छ ।

पार्टीका नेता  जीवन त्यागि , पार्टीका गौशाला नगरपालिकाको नगर प्रमुख महेश मण्डल ,ईन्दल मण्डल ,इन्दल मुखिया ,अर्जुन मण्डल ,शुभनारायण रामको उपस्तिथिमा संगठन विस्तार भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]