११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

नमुना मुसहर बस्तीको नाममा व्यापक घोटाला, प्रश्न सोध्दा अध्यक्ष कुटिए

Logo
प्रकाशित आइतबार, साउन ११, २०७७

न्यूजमधेश डेस्क
सिरहा ,११ श्रावण । सिराहाको धनगढीमाई नगरपालिका–१२ मा निर्माण हुँदै गरेको मुसहर बस्तीको नाममा व्यापक घोटाला भएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन । खाली चेकमा उपभोक्ता समितिको हस्ताक्षर गराई पैसा निकालेको भन्दै स्थानीयले आरोप लगाएका छन । उपभोक्ता समितिका अध्यक्ष राजकुमार सदा ले घोटाला बारे प्रश्न गर्दा उनी कुटिएका छन ।

वडा १२ स्थित मुसहर वस्तीमा ५० लाखमा कुल आठ वटा घर निर्माण भइरहेका छन् । घर निर्माणका लागि आवश्यक पर्ने सामानको जिम्मेवारी लिने ठेकेदार हरि मैनालीले उपभोक्ता समितिको अध्यक्ष सदालाई पिटेको स्थानीयले आरोप लगाएका छन । के कति पैसा  झिकिएको सोध्न जादा मैनालीले उनलाई निर्घात कुटपिट गरेको एक प्रत्यक्षदर्शीले बताए । छलकपट गरि अध्यक्ष लगायत उपभोक्ता समितिको सदस्यहरू सङ्ग खाली चेकमा हस्ताक्षर गराई सबै पैसा निकालेको सदाको आरोप रहेको छ ।

उपभोक्ता समितिका अध्यक्ष कुटिएपछि स्थानीय मसहर समुदाय नै मैनाली विरुद्ध आन्दोलन गरेका छन । ‘दलित कुट्न पाइँदैन, कमिसनखोरी बन्द गर’ लगायतका नारा लगाई मुसहर समुदायले शनिबार बिरोध प्रदर्शन गरेका छन ।

ठेकेदार मैनालीको अनुसार उनले मुल्यांकन अनुसार रकम निकालेको हो । उनले भने ‘ मैले सामान आपूर्ति गर्ने हिसाबले नियम अनुसार  ४३ लाख ९९ हजार आठ सय ७४ रुपैयाँ निकालेको छु । ‘ ठेकेदार मैनालीले पैसा निकालेको आफै स्विकारे पनि धनगढीमाईका प्रमुख प्रशासकिय अधिकृतले सबै पैसा भुक्तानी नभएको दावी गर्छन ।

गत माघ १६ गते शिलान्यास गरिएको नमुना मुसहर बस्ती जेठ १६ मा सम्पन्न भएको घोषणा गरिएपनी काम अझै धेरै बाकी रहेको मुसहर समुदायको गुनासो रहेको छ । तराई मधेस समृद्धि कार्यक्रमअन्तर्गत ५० लाख रुपैयाँमा दुई कोठा, भान्सा, शौचालय, बरण्डासहित जस्ता हालेका आठ घर निर्माण गर्ने उपभोक्ता समितिसँग नगरपालिकाले सम्झौता गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]