०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

परियोजनाको जग्गा अतिक्रमणः ८० घरटहरा भत्कायो

Logo
प्रकाशित सोमबार, साउन १२, २०७७

न्यूजमधेश सम्बादाता
सर्लाही ,१२ श्रावण । सागरनाथ वन विकास परियोजनाका क्षेत्रमा अवैध रुपमा बनाइएका घरटहरा भत्काइएको छ ।

परियोजनाको नेतृत्वमा सर्लाहीकोे वाग्मती नगरपालिका–५ टेकानीस्थित अवैध रुपमा बनाएको ८० घरटहरा आइतबार भत्काएको हो ।

परियोजनाको जमिनमा छरपस्ट रुपमा घर बनाइ बसेका सुकुम्वासीलाई वाग्मती नगरपालिका– ४ जिरायत र वडा नं ५ टेकानीमा एकत्रित बस्ती बनाएर राख्ने सहमति भएको थियो । परियोजनाको सहमतिमा वाग्मती नगरपालिकाले नगरभित्र जग्गा नभएका सुकुम्वासी परिवारलाई १८ धुरको दरले घडेरी वितरण गरेको थियो । सो क्षेत्रमा हाल ३०० सुकुम्वासी परिवारले घर बनाएर बसोवास गर्दै आएका छन् ।

परियोजनाले उक्त क्षेत्रको खाली जमिनमा गत वर्ष साउनमा बनाइएको घर छाडेर तारबार गरी मसला, टिक र अमलाको बिरुवा रापेको सागरनाथ वन विकास परियोजनाका प्रमुख जीतेन्द्र कर्माचार्यले जानकारी दिनुभयो । व्यवस्थित रुपमा राखेपछि पनि बिरुवा रोपेको जमिनमासमेत केही दिनयता स्थानीयवासीले आफूखुशी वनको जमिन अतिक्रमण गरी घर बनाउने र बालीनाली लगाउने गरिरहेका थिए ।

यसरी वनको जग्गा व्यापक रुपमा अतिक्रमणमा परेपछि आफ्नो स्वामित्वमा रहेको जमिनमा बनाएको घरटहरा भत्काउनु परेको प्रमुख कर्माचार्यले बताउनुभयो । जनप्रतिनिधिको मिलेमतोमा रातारात अन्यत्र घरजग्गा भएकाले जग्गा ओगट्ने नियतले घर टहरा बनाउने तर बसोवास नगरेको भन्ने सूचनाको आधारमा भर्खरै बनेका घर टहरा भत्काइ जमिन खाली गरिएको परियोजनाले जनाएको छ ।

उक्त खाली गरिएको जमिनमा चाँडै वृक्षरोपण गरिने परियोजना प्रमुख कर्मचार्यले बताउनुभयो । तर आफ्नो स्वार्थ पूरा गर्न केही राजनीतिक दलका नेता कार्यकर्ताले पटक–पटक बस्ती बसाउने बहानामा आफूखुशी जग्गा वितरण गरी घर टहरा बनाउन लगाएको स्थानीयवासीले बताएका छन् । यसरी जग्गा वितरण गर्दा जनप्रतिनिधिले आफ्नो नातेदार छान्नुका साथै कतिपयसँग पैसा लिएर जग्गा दिने गरेको वाग्मती नगरपालिका– ५ का स्थानीयवासीको गुनासो छ ।

वाग्मती नगरपालिका–५ का वडाध्यक्ष कृष्णबहादुर वाइवाले सुकुम्वासीलाई जग्गा वितरण गर्ने क्रममा आर्थिक चलखेल नभएको र वास्तविक सुकुम्वासी पहिचान गरी प्रत्येक घरपरिवारलाई १८ धुर जग्गा वितरण गरिएको दाबी गर्नुभयो । सर्लाही, रौतहट र महोत्तरी गरी तीन जिल्लामा फैलिएको सागरनाथ वन विकास परियोजनाअन्तर्गत १३ हजार ५१२ हेक्टर क्षेत्रफल रहेको छ । जसको खाली जमिनमा सर्लाही, रौतहट, सिन्धुली र महोत्तरीमा घर भएका मानिस सो क्षेत्रमा सुकुम्वासी भन्दै जग्गा लिएर घर टहरा बनाएर बसेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]