न्यूजमधेश सम्बादाता
काठमाडौं, १४ श्रावण ।जनता समाजवादी पार्टीकी सांसद लीलादेवी सिटौलाले आज बुधबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद सचिवालयस्थित कृषि समितिको हलमा सिटौलालाई सपथ गराएका छन् ।
जनता समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारबाहीमा गरी समानुपातिक पद्धतितर्फ उनको ठाउँमा ललितपुर महानगरपालिका–१३ कि सिटौलालाई सांसद बनाउने निर्णय गरेको थियो ।
उक्त पार्टीको निर्णयअनुसार निर्वाचन आयोगले सिटौलालाई सांसद पदमा निर्वाचित भएको घोषणा गरेको थियो ।