११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

सुनचाँदी व्यवसाय अझ बढी मर्यादित बनाउने मेरो अठोट : अध्यक्ष शारडा

Logo
प्रकाशित बिहिबार, साउन १५, २०७७

मनोज बनैता
सिरहा, १५ श्रावण ।
भर्खरै सर्वसहमतीबाट निर्वाचित नेपाल सुनचाँदी व्यवसाय महासंघ सिरहा जिल्ला कार्य समितीका अध्यक्ष बिकास शारडाले यस व्यवसायलाई अझ बढी मर्यादित बनाउने अठोट लिएका छन ।

अध्यक्ष शारडाले सुनचाँदी ब्यवसायीहरुको हक अधिकारको संरक्षण र सम्बर्द्धनका निमित्त खडा भएको महासंघले आफ्नो सातौं स्थापना दिवस मनाएको उल्लेख गर्दै महासंघ स्थापनाको लक्ष्य अनुरुप ब्यवसायीक हक अधिकार स्थापनाकालागि अझै निरन्तर कार्य गर्नुपर्ने खाँचो रहेको महसुस गरे । देशभरका ब्यवसायी एकढिक्का भई अगाडि बढ्न सके महासंघको लक्ष्य र उद्धेश्य प्राप्तिमा सफलता मिल्ने उनको भनाई छ ।
महासंघलाई सवै ब्यवसायीले आशाको रुपमा हेरेको उल्लेख गर्दै उनले त्यो आशा खेर जान दिन नहुने बताए ।

गोलबजारमा सम्पन्न नेपाल सुनचाँदी व्यवसाय महासंघ जिल्ला कार्य समितीको ७ औ साधारण सभा बाट सारडा निर्विरोध सर्वसहमति बाट अध्यक्ष पदमा चयन भएका छन्। नव निर्वाचित अध्यक्ष सारडा लहान सिटि जेसिजका पुर्व अध्यक्ष ,जिल्ला उद्योग बाणिज्य संघ लहानका कोषाध्यक्ष तथा नेपाल सुनचाँदी व्यवसाय प्रदेश कार्य समितीका प्रदेश सदस्यका साथै सफल व्यवसायी , समाजसेवी संगै लहान नगरपालिका वडा न.७ नेपाली कांग्रेस बाट प्रत्यासी वडा अध्यक्षका उम्मेदबार पनि हुन । नेपाल सुनचाँदी व्यवसाय महासंघ सिरहा जिल्ला कार्य समितीको ७ औ साधारण सभा बाट चयन भएका कार्यसमितिमा अध्यक्ष विकाश सारडा, निवर्तमान अध्यक्ष भरत अग्रवाल, उपाध्यक्ष सन्तोष साह र सन्दिप अग्रवाल, महासचिवमा त्रिदेव साह, कोषाध्यक्षमा देव कृष्णा साह , सचिवमा सुरेश पोद्दार, सदस्यमा निलाम्बर साह, प्रकाश बिक, शंकर खरगा, मोहन बिक लगायतका छन् भने पदेन सदस्यहरुमा सचिन बिक सुखिपुर , गोपाल साह सिरहा ,सत्यनारायण साह धनगढी ,ब्रह्मदेव साह मिर्चैया लगायतका रहेको जानकारी प्राप्त भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]