०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

मटिहानीमा झुलनोत्सवको रौनक

Logo
प्रकाशित आइतबार, साउन १८, २०७७

न्यूजमधेश सम्बादाता
महोत्तरी ,१८श्रावण । जिल्लाको मटिहानी नगरपालिका–७ मा अवस्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा परम्परागतरुपमा मनाइँदै आएको पौराणिक झुलनोत्सव पर्वको रौनक छाएको छ ।

पन्ध्र दिन पहिलेदेखि जनैपूर्णिमाको दिनसम्म मनाइने झुलनोत्सवका अवसरमा लक्ष्मीनारायण मठ मटिहानीबाट प्रत्येक दिन कलात्मक पालिकमा बाजागाजाका साथ भगवान राम र सीताको मूर्ति राखी भजनकीर्तन गर्दै झुलाघरमा लैजाने गरिन्छ ।

महोत्तरीको लक्ष्मीनारायण मठ, जनकपुरधाम, सर्लाही, सिराहा, सप्तरी र भारतको तिरहुत क्षेत्र विहारका विभिन्न मठमन्दिरमा झुला पर्व धुमधामका साथ मनाइने परम्परा रहेको छ ।

झुला घरमा राम र सीताको मूर्ति राखी धार्मिक गीत र भजन कीर्तनका साथ राति अबेरसम्म झुला झुलाउने गरिएको कुरा लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्थ जगन्ननाथ दास वैष्णवले बताउनुभयो ।

भगवान् राम र सीता साउन महिनामा यसैगरी झुला झुलेको सम्झना गर्दै झुलनोत्सव मनाइने गरिन्छ । सो झुलाका अवसरमा मटिहानीमा मेलाको समेत आयोजना गरिएको छ ।

मेला हेर्न र भगवान् राम र सीताको भुलनोत्सवमा सहभागी हुन नेपाल भारतका श्रद्धालुको भीड लाग्ने गर्दछन् । सांस्कृतिक परम्पराका रुपमा मनाइने यो पर्वमा झुलाका लागि सिंहासनको निर्माण गरी सजाइएको गद्दीमा रामलीला, लक्ष्मीनारायणलगायतका मूर्ति बाजागाजाका साथ झुलाउने परम्परा रहेको छ ।

मिथिला क्षेत्रमा कृषि रोपाइँ सकिनेबित्तिकै झुला पर्वको रौनक शुरु हुन्छ । प्रत्येक मठमन्दिरमा कजरी र मलार जस्ता गीतको स्वरलहरी सुनिन्छ ।झुलाका समयमा वरपरका श्रद्धालु जम्मा हुने भजनकीर्तन गर्ने नाच गान र रामलीला गरेर मध्यरातसम्म जाग्राम बस्ने चलन छ ।

झुला पर्व त्रेतायुगदेखि नै प्रारम्भ भएको मानिन्छ । जोगी सन्यासीले आफ्ना आराध्य खेलाइ झुलाउने परम्परा रहेको छ । बृन्दावनमा पनि यो झुला कृष्णलीलाका रुपमा मनाइन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]