०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

जनकपुरमा सुत्केरीको मृत्युको अभियोगमा चिकित्सक पक्राउ

Logo
प्रकाशित शुक्रबार, साउन २३, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२३ श्रावण । गलत समूहको रगत चढाएपछि एक सुत्केरीको मृत्यु भएको अभियोगमा जनकपुरका दुई चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ६ स्थित रामजानकी अस्पतालमा सुत्केरी भएकी महोत्तरीको गौशाला नगरपालिकाको भरतपुर बस्ने २३ वर्षीया गङ्गादेवी महतोको आज बिहान मृत्यु भएपछि चिकित्सक पक्राउमा परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सो अस्पतालमा गङ्गादेवीको सुत्केरीका लागि बिहीबार बेलुकी ९ बजे शल्यक्रिया गरिएको थियो । उहाँले छोरीको जन्म दिनुभएको छ । शल्यक्रिया गरिएको कारण महतोलाई रगतको अभाव भएको थियो । चिकित्सकले उहाँका आफन्तलाई ‘ओ पाजिटिभ’ समूहको रगतका लागि नमूनासहित पठाएको थियो ।

जनकपुरस्थित रक्त सञ्चार केन्द्रले ओ पोजिटिभ समूहको रगत दिनुपर्ने ठाउँमा बी पोजिटिभ समूहको रगत दिएको बताइएको छ । मृतकका पति राजकुमारले ल्याएको सो रगतलाई चिकित्सकले जाँच नगरी चढाउँदा समूह फरक परेपछि नकारात्मक असरले मृत्यु भएको बताइएको छ । अस्पताल र रेडक्रसको चरम लापरवाहीको कारण मृत्यु भएको भन्दै आफन्तले कडा कारवाहीका साथै क्षतिपूर्तिको माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]