२३ चैत्र २०८१, सोमबार
07-04-2025 , Mon
×

सरुवाको विरोधमा शिक्षक आन्दोलित

Logo
प्रकाशित शुक्रबार, साउन २३, २०७७

न्यूजमधेश डेस्क
सिरहा ,२३ श्रावण । शिक्षा ऐन र नियमावली विपरीत आफूहरुको सरुवा गरेको भन्दै सिरहाको लहान नगर क्षेत्रका विभिन्न अधारभूत विद्यालयमा कार्यरत शिक्षक आन्दोलित भएका छन् ।

लहान नगरपालिका नगर शिक्षा समितिले शिक्षा ऐन र नियमावली विपरीत सरुवा गरेको भन्दै शिक्षकहरुले सङ्घर्ष समिति गठन गरी आन्दोलन शुरु गरेका हुन् ।

स्थानीय सरकारलाई शिक्षकको दरबन्दी मिलान गर्ने अधिकार भए पनि सरुवाको अधिकार केन्द्र सरकारलाई मात्र भएको अवस्थामा नगर शिक्षा समितिले कार्यादेशभन्दा बाहिर गएर एकमुष्ट सरुवा गरेको भन्दै संयुक्त सङ्घर्ष समितिले तत्काल सरुवाको निर्णय रोक्नुपर्ने माग गरेका छन् ।

समितिले पत्रकार सम्मेलन गरी लहान नगरपालिकाले नगर शिक्षा समितिको जेठ २८ गतेको निर्णयका आधारमा साउन १४ गते आधारभूत तहका शिक्षकहरुको सरुवा गरेको भन्दै सो निर्णय रोक्नुपर्ने बताएका छन् । शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ नवौँ संशोधन कायम रहेको र सङ्घीय शिक्षा ऐन नबनिसकेको अवस्थामा संविधानले स्थानीय तहलाई दिएको २३ बुँदे अधिकारमा शिक्षक सरुवा, बढुवा उल्लेख नरहेकाले सामुदायिक विद्यालयका शिक्षकको सरुवा, बढुवा गर्ने अधिकार शिक्षा विकास तथा समन्वय एकाइलाई मात्र रहेको संयुक्त सङ्घर्ष समितिका संयोजक अरविन्दकुमार दासले जानकारी दिनुभयो ।

शिक्षण अवधि ११ महिनामात्र रहेका महिला शिक्षकलाई अपायक सरुवा र अवकाश प्राप्त शिक्षकको समेत हचुवाको भरमा प्रतिशोधपूर्ण तवरले सरुवा गरिएको भन्दै उहाँले उक्त सरुवाको निर्णय मान्य नहुने बताउनुभयो । यसरी एकै पटक सबै शिक्षकको सरुवा नगरेकाले यस्ता सरुवाले शिक्षकको मानसिकता खलबलिएको, गुणस्तरको नाममा सामुदायिक विद्यालयको शैक्षिक वातावरण अझ ध्वस्त बनाउने प्रयास भएको आरोप लगाइएको छ ।

शिक्षा समितिले गरेको सरुवा सिफारिस न्यायोचित नभएकाले निर्णय खारेज नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत सङ्घर्ष समितिले दिएका छन् । यता लहान नगरपालिकाको शिक्षा संयोजक राजकुमार साहले सरुवाको निर्णय सबैको सल्लाह र सुझावकै आधारमा भएको दाबी गर्दै नगरपालिकाले ऐन बनाएरै सरुवाको निर्णय लिएको बताउनुभयो । सरुवाको निर्णयबाट कुनै शिक्षकलाई अप्ठ्यारो परेमा त्यसमा केही सुधार गर्न सकिने बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]