१२ कार्तिक २०८१, मंगलबार
29-10-2024 , Tue
×

७५ प्रतिशत श्रमिकको रोजीरोटी गुम्दै

Logo
प्रकाशित बुधबार, साउन २८, २०७७

न्यूजमधेश सम्बादाता
दाङ ,२८ श्रावण । जिल्लामा कोरोनाको महामारीका कारण बन्द भएका होटल व्यवसाय यही साउन १५ देखि सञ्चालनमा आएका छन् । बन्दाबन्दीको चार महिनापछि होटेल त सञ्चालनमा आए तर व्यवसाय फस्टाउन सकेको छैन । व्यवसाय फस्टाउन नसक्दा होटेलमा श्रमिकको रोजीरोटीको अझै कुनै टुङ्गो छैन । व्यवसाय तत्काल फस्टाउने अवस्था नभएपछि होटेलमा आधा जनशक्तिले मात्रै काम चलाइएको होटेल सञ्चालकले बताएका छन् ।

घोराहीस्थित होटेल सिटी प्लाजाका प्रबन्धक कमल सुवेदीका अनुसार भर्खरै खुलेका होटेलमा रेष्टुरेन्ट र लज कुनै चलेको छैन । “व्यापार छैन, २२ जना श्रमिकमध्ये अहिले १२ जनाले मात्रै काम चलाएका छाँै, बाँकी श्रमिक घरमै बेतलवी बस्नुभएको छ”, सुवेदीले भन्नुभयो । अहिले तत्कालको अवस्था सहज नदेखिएकाले केही समय घरमै बस्न भने पनि समस्या परेकालाई सहयोग गरिएको सुवेदीले बताउनुभयो । होटल व्यवसाय फस्टाउन नसक्दा होटेलमा काम गर्ने श्रमिकको रोजगारी गुमेको छ ।

श्रमिकलाई सम्पर्कमै राखेको तर बिदाको तलब दिन नसकिएको घोराहीकै होटेल डोकोका प्रबन्धब वसन्त जिएमले बताउनुभयो । होटेलमा २१ श्रमिक रहेकामा अहिले नौ जनालाई मात्रै काम दिइएको छ । “घरमै बसेकाहरुलाई समस्या प¥यो भने पछि तलबबाट काट्ने गरी रकम सहयोग गरेका छौँ”, उहाँले भन्नुभयो । अहिले काममा आएकाहरुलाई पनि होटेल सफा राख्ने र कफी बेच्नेबाहेक अरु केही काम दिन नसकिएको जिएमको भनाइ छ ।

दाङमा सानाठूला गरी करीब एक हजार तीन सय होटल छन् । कोरोनाले निम्त्याएको सङ्कटले ७६ होटेल बन्द भएको दाङ देउखुरी होटल व्यवसायी समितिले जनाएको छ ।

भाडाका घरमा सञ्चालन भएकाले घरभाडा तिर्न नसक्दा होटेल बन्द भएको दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष रुद्रबहादुर डाँगीले बताउनुभयो । “अब हामीले होटेल व्यवसाय सञ्चालन गर्न सक्दैनौँ भनेर दैनिक दुईतीन जना लगत कट्टा गराउन आउनुहुन्छ”, उहाँले भन्नुभयो । डाँगीका अनुसार उहाँको होटलमा काम गर्ने श्रमिकमध्ये अहिले २५ प्रतिशत मात्रै छन् । “आफैँ घरपरिवारका सदस्यले चलाएको छु, व्यापार छैन, श्रमिकलाई राख्दा श्रमको पैसा पनि दिनुप¥यो, समस्या छ”, उहाँले भन्नुभयो ।

जिल्लामा कोरोनाका कारण अहिले करीब ७५ प्रतिशत श्रमिक रोजगारी गुमाउन बाध्य छन् । प्रदेश नं ५ मा करीब ११ हजार होटल व्यवसाय सञ्चालनमा छन् जसमा करीब ८५ अर्ब लगानी रहेको नेपाल होटेल तथा रेष्टुरेन्ट व्यवसाय महासङ्घ प्रदेश नम्बर ५ का अध्यक्ष भाष्कर काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार ती होटेलमा ६० हजार श्रमिक छन् तर अहिले करीब २५ प्रतिशत श्रमिक मात्रै कार्यरत छन् । अझै पनि कोरोनाको प्रभाव बढ्दै गएमा कामदारको पनि रोजीरोटी गुम्ने खतरा रहेको उहाँले बताउनुभयो ।

होटेल व्यवसाय तत्काल फस्टाउने अवस्था नदेखिएकाले श्रमिकको रोजीरोटी गुम्न थालेको काफ्लेको भनाइ छ । “व्यवसायीलाई अहिले बैंकको किस्ता तिर्नेदेखि घरभाडा कसरी बुझाउने भन्न्े पिर छ, अर्र्कातिर श्रमिकको रोजीरोटी कसरी सुरक्षित गर्ने भन्ने चिन्ता छ”, उहाँले भन्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]