१६ बैशाख २०८२, बुधबार
30-04-2025 , Wed
×

नारायणी अस्पतालमा परिक्षण गर्दा कोरोना पोजेटिभ, अर्कै दिन काठमाडौँमा गर्दा नेगेटिभ

Logo
प्रकाशित शुक्रबार, साउन ३०, २०७७

न्यूजमधेश सम्बादाता
वीरगञ्ज ,३० श्रावण । वीरगञ्जको स्वास्थ्य प्रणाली फितलो हुँदै गएकोमा स्थानीय चिन्तित बनेका छन् । पछिल्लो समय नारायणी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणको रिर्पोट एक पछि अर्को गर्दै फरक परेपछि नारायणी अस्पतालको प्रणाली जर्जर भएको आशंका गरेका छन् ।

यहाँ गरिएको परिक्षण र राजधानीमा गरिएको परिक्षण मेल नखाएपछि परिक्षण विधि शंकास्पद देखिएको छ । पछिल्लो एक हप्ताको समयावधिमा ३ जनाको रिर्पोट विवादमा परेपछि विरामीको स्वास्थ्यसँग खेलवाड गरिरहेको भान स्थानीयलाई भएको छ ।

लापरवाहीका केही उदाहरण तल उल्लेखित छन् । लापरवाही पनि सामान्य किसिमका होईनन् । ज्यान लेवा किसिमका छन् । पढ्नुस !

१. सुरुमा उनी वीरगञ्जमै पिसिआर परिक्षण गराउँछन् । पिसिआर रिपोर्ट नेगेटिभ आउँछ । अन्ततः कोरोना नभएको बुझिन्छ । पछि स्वास्थ्यमा समस्या तथा कोरोनाका आंशिक लक्षण देखा पर्न थालेपछि उनी स्वयम् आईसोलेसनमा भर्ना हुन जान्छन् । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आईसोलेसनबाटै काठमाडौँ लगिन्छ । काठमाण्डौमा भर्ना भएपछि उनको स्वाब परिक्षण गरिन्छ । उनमा कोरोना पोजिटिभ पुष्टि हुन्छ । उनी नेकपाका नेता अरविन्द सिंह हुन् । उनको हाल काठमाडौँमा उपचार भईरहेको छ ।

२. त्यस्तै, पर्साकै पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवसँग पनि केही यस्तै भयो । वीरगञ्जको तराई अस्पतालका उपचाररत रहँदा गरिएको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । पछि श्वासप्रश्वासमा समस्या भएपछि उनलाई पनि गत श्रावन २६ गते हेलिकप्टरबाट काठमाडौँ लगियो । तर, काठमाडौँमा गरिएको पिसिआर परिक्षणको रिपोर्टमा उनमा कोरोना संक्रमण पुष्टि भएको छ । हाल, उनी पनि काठमाडौँको ह्याम्स् अस्पतालमा उपचाररत छन् ।

३. यस्तै, वीरगञ्जका एक युवकले श्रावन १२ पिसिआर परिक्षणका लागि नारायणी अस्पतालमा स्वाब दिन्छन् । श्रावन २६ गते स्वास्थ्यमा समस्या आएर जाँच गराउँदा चिकित्सकले निमोनिया भएको भन्छन् र नारायणीमा भर्ना हुन सल्लाह दिन्छन् । यहाँको उपचार विश्वासिलो नभएको भन्दै बिरामीका आफन्तजनले बिरामीलाई थप उपचारका लागि काठमाडौँ लैजान्छन् । बुधबार साँझ आएको नारायणीको उनी कोरोना पोजिटिभ देखिन्छन् । बिहीबार बिहान काठमाडौँ पुनः उनको स्वाब परिक्षणका लागि संकलन गरिन्छ । तर त्यहाँ उनको रिपोर्टमा उनमा संक्रमण नरहेको पुष्टि भएको छ ।

यस्तो किन र कसरी भयो रु के यहाँको ल्याबमा खेलवाड गरिँदैछ रु के यहाँ सक्षम जनशक्ति छैनन् वा मेसिन बिग्रिएको छ रु वा नारायणी अस्पतालका मेसु असक्षम छन् जसले यी कुराहरूको व्यवस्थापन गर्ने क्षमता राख्दैनन् रु स्थनीयको प्रश्न छ ।

बारम्बार किन यस्तो भइरहेको छ । के यहाँको उपचारमा विश्वास गर्नै नसक्ने अवस्था सृजना हुँदैछ वा यस्तै होस् बिरामी जति सबै बाहिरै जाउन, उपचारको टन्टै साफ भन्ने मानसिकता मौलाएको हो रु तर पहुँच, पैसा र पावर भएका सक्ने त बाहिर जालान् अनि नसक्ने गरिब निमुखा कहाँ जाने रु गरिब निमुखा बिरामीले अस्पताल चहार्दा पनि उपचार नपाईकनै मर्नु पर्ने हो रु

स्थानीयहरुका अनुसार यहाँका चिकित्सकहरु मिडिया, राजनीति र आन्तरिक गिजलोमा फसेका कारण लापरवाही भइरहेको र बिरामीहरुले सास्ती खेप्नु परिरहेको छ ।

नेपाल पोष्ट डेलीबाट साभार ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]