०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

कतारमा कोरोना संक्रमण घट्दै ,निको हुनेको संख्या बढ्दै

Logo
प्रकाशित शुक्रबार, साउन ३०, २०७७

न्यूजमधेश सम्बादाता
दोहा,३० श्रावण ।कतारको स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार कोरोनाको संक्रमण घट्दै गएको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ सय १ जनाले स्वास्थ्य लाभ गरेका हुन् । योसँगै स्वास्थ्य लाभ गर्नेको कुल सङ्ख्या कतारमा १ लाख ११ हजार २५८ पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १९० रहेको छ, जस मध्ये १८ जना नेपाली नागरिक रहेका छन् ।

तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १६ जनामा गरिएको परीक्षणमा थप २ सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

हालसम्म कतारमा सङ्क्रमितको सङ्ख्या १ लाख १४ हजार ५ सय ३२ पुगेको छ । संक्रमित मध्ये ४ सय ४७ जनालाई डाक्टरहरूको निगरानीमा अस्पतालको क्वारेन्टिनमा राखिएको छ भने थप ४ सहित ७१ जनालाई आइसियुमा राखि उपचार भइरहेको छ ।

कुल ३ हजार ८४ जनाको उपचार चलिरहेको छ । नयाँ भेटिएका सङ्क्रमितहरू आप्रवासी तथा स्थानीय नगारिकहरु रहेको बताइएको छ । आजसम्म ५ लाख ४२ हजार ५ सय १८ जनामा कोरोनाको परीक्षण गरिएको छ । भाइरस सम्बन्धी कुनै लक्षण देखा परे टोल फ्री नम्बर १६००० मा सम्पर्क गर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]