१२ कार्तिक २०८१, मंगलबार
29-10-2024 , Tue
×

प्रधानाध्यापकको विरुद्ध बोल्दा शिक्षकको तलब रोक्का, पीडित शिक्षक तनावमा

Logo
प्रकाशित मंगलबार, भाद्र ०२, २०७७

मनोज बनैता
सिरहा, २ भदौ ।
गत केहि महिना देखि विवादमा फसेका सिरहा स्थित जनता नमूना माध्यमिक विद्यालय मौवाहीमा फेरि आएर अर्को समस्या सृजना भएको छ । प्रधानाध्यापक रामपृत यादवको बहुलठ्ठीपनको विरोध गर्ने शिक्षक राम बालक यादवको तलब रोक्का गरिएको छ ।

सरकारबाट प्राप्त विभिन्न शीर्षकको अनुदान रकममा अनियमितता गरेको आरोप झेल्दै आईरहेका प्र.अ यादवले ब्यक्तिगत रिसिईबी कै कारण तलब रोक्का गरेको पीडित शिक्षकले बताए । लकडाउनको बेला यसरी तलब रोकिनुले आफू दुई छाकको लागि समेत अरु माथि भर पर्नु परेको भन्दै पीडित शिक्षकले आफ्नो दु:ख पोखे ।

मौवाहीको उक्त बिधालयमा भौतिक संरचना निर्माण, छात्रवृत्ति, पाठ्यपुस्तक, नागरिक लगानी कोष, तलबभत्ता, शिक्षक नियुक्ति, विद्यालय व्यवस्थापन समिति गठन, ठेक्कालगायतमा भ्रष्टाचार गरेका  उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]