१२ कार्तिक २०८१, मंगलबार
29-10-2024 , Tue
×

शहीद रामबृक्ष यादवको स्मृतिमा सिरहाको हरिनगरामा वृक्षारोपण

Logo
प्रकाशित बुधबार, भाद्र ०३, २०७७

मनोज बनैता
सिरहा, २ भदौ ।
नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) का नगर समितिले महान शहीद रामवृक्ष यादव को स्मृतिमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । सिरहाको लाहान नगरपालिका २० हरिनगरामा नेकपा नगर समितिले १५०० बोटबिरुवा वितरण गर्नुको साथै आधारभूत विधालय परिसरमा वृक्षारोपण गरेको हो ।

महान जनयुद्धको तयारीकै क्रममा प्रतिक्रियावादीहरूबाट निर्मामतापूर्वक हत्या गरिनु भएका महान शहीद क. रामवृक्ष यादव ‘मास्टर साहेब’को २६ औ‌ँ स्मृति दिवसको अवसरमा हरिनगरामा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै सांसद लगनलाल चौधरी ले  सहिद यादव एक अलौकिक प्रतिभा भएको बताउनु भयो । कार्यक्रममा बोल्दै उहाँले, “शहीद रामवृक्ष यादव  राजनैतिक नेता मात्र नभएर सामाजिक अभियन्ता पनि भएको जिकिर गर्नु भयो” ।

नेकपाका युवा नेता बिजय गुप्ताले  तराई-मधेसमा विभिन्न आन्दोलनमा १३०० भन्दा धेरैले जीवन आहुति दिएको र तराई-मधेसका जनताले त्याग र बलिदान अनुसार प्रतिफल पाए/नपाएको कुरा महत्त्वपूर्ण विषय भएको बताउँदै उहाँले प्रदेश नं. २ को सरकारलाई सचेत गराउनुभयो । ‘प्रदेश २ मा भ्रष्टाचार बढ्यो, सुशासन छैन । जनताले झन दुःख पायो भन्दै प्रदेश सरकारलाई समयमै गम्भीर हुन आग्रह गर्नुभयो । नेता गुप्ताले  कम्युनिस्ट सरकारले मात्र देश विकास गर्न सक्ने दाबी गर्नुभयो ।

कार्यक्रममा बोल्दै लाहान २० का वडा अध्यक्ष गणेश चौधरीले भन्नुभयो कि “क्रान्तिकारी कार्यकर्ताहरुका बीच रही ‘पार्टी नै मैरो लागि सबथोक हो‘ भनी त्यसमा समर्पित भई र क्रियाशील भई आफूलाई अनि आफ्नो जीवनको बाँकी भागलाई पनि क्रान्तिको लागि हिडिराख्नुभएको यादव साच्चिकैको लडाकु, संघर्षशील, क्रान्तिकारी नेता, लेखक, गायक र संगीतबाधक हुनुहुन्थ्यो । क.यादवले क्रान्तिकारी राजनीतिमा आफूलाई होमेर कहिल्यै पनि आफूलाई न त अपराधीको रुपमा प्रस्तुत गर्नुभयो, न त कुनै प्रकारको अपराध नै गरेको अनुभूत गर्नुभयो । उहाँको जीवनकार्य भनेको जनता र पार्टीप्रति समर्पित जीवनै थियो ।”

कार्यक्रममा बिशिस्ट अतिथि सांसद लगनलाल चौधरी, युवा नेता बिजय गुप्ता,वडा अध्यक्ष गणेश चौधरी, सहिद यादवको सुपुत्री सुधा यादव, जिल्ला सदस्य गमकलाल चौधरी, देव ना. महतो, ईन्द्र ना. चौधरी, पप्पु साह, बिटोरी महतोलगायत दर्जनौं नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो जसमा समाजिक दुरीलाई समेत गम्भीरता पुर्वक ख्याल गरिएको थियो ।

शहीद रामवृक्ष यादवको २०५१ साल भदौ २ गतेको दिन हत्या गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]