१२ कार्तिक २०८१, मंगलबार
29-10-2024 , Tue
×

सिरहामा नेकपा छोडनेको लर्को, समाजिक दुरी कायम राख्दै काङ्ग्रेसमा प्रवेश

Logo
प्रकाशित बुधबार, भाद्र ०३, २०७७

मनोज बनैता
सिरहा, ३ भदौ ।
सिरहा नेकपामा ठुलै पहिरो गएको छ । कम्युनिस्ट सरकार असक्षम भएको भन्दै सिरहाको धनगढीमाई नगरपालिका १२ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा दर्जनौ नेताकार्यकर्ता काङ्ग्रेसमा प्रवेश गरेका छन । काङ्ग्रेस पार्टीका जिल्ला सभापति राम चन्द्र यादवको विशिष्ट आतिथ्यमा नेकपा र अरु पार्टीबाट जम्मा ४९ जनाले पार्टी प्रवेश गरेका छन ।

त्यसैगरी गएको सोमबार लाहान २२ बाट पनि १५० जना नेकपा लगायत अन्य पार्टीका नेता एवं कार्यकर्ताले पार्टी प्रवेश गरेका थिए । उक्त कार्यक्रम पनि काङ्ग्रेसका जिल्ला सभापती यादवकै प्रमुख आतिथ्यमा भएको खबर प्राप्त भएको छ । यादवले कोरोना माहामारीको ख्याल गर्दै खुल्ला ठाउँमा समाजिक दुरी कायम राखी पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]