२७ चैत्र २०८१, शुक्रबार
11-04-2025 , Fri
×

युएईले पनि आणविक ऊर्जामार्फत विद्युत उत्पादन थाल्यो

Logo
प्रकाशित शुक्रबार, भाद्र ०५, २०७७

न्यूजमधेश सम्बादाता
दुबई, ५ भदौ । तेलको धनी राष्ट्र संयुक्त अरब ईमिरेट्सले आणविक ऊर्जाबाट विद्युत उत्पादन गर्न थालेको छ । अधिकारीहरुका अनुसार आणविक शक्तिबाट उत्पादित विद्युत गत बुधबारदेखि राष्ट्रिय प्रशारणमा जोडिएको छ ।

राज्य संचालित समाचार समिति वामका अनुसार साउदी अरेबियासँगको सीमा नजिक रहेको बाराकाह आणविक विद्युत गृह (प्लान्ट) बाट उत्पादित विद्युत राष्ट्रिय प्रशारणमा जोएिको छ ।

वामले प्लान्टको नियन्त्रक कक्षभित्र कर्मचारीहरुले काम गरिरहेको तस्वीर पनि सार्वजनिक गरेको छ । कोरोनाभाइरस महामारीका कारण अन्य संचार माध्यम वा स्वतन्त्र पर्यवेक्षकलाई त्यहाँ उपस्थित हुन दिइएको थिएन ।

जुलाई ३१ मा प्लान्टको पहिलो रियाक्टरको काम अन्तिम चरणमा पुगेको बताइएको थियो । एपीले उक्त प्लान्टसम्मको पहुँचका लागि विगतदेखि प्रयास गरेको भएपनि अनुमति दिइएको थिएन ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा संगठन र अरु नियामक निकायका अधिकारीहरुले उक्त प्लान्टको स्थलगत अध्ययन गरिसकेको छ । युएईका अधिकारीहरुले कोराना महामारी अघि पनि उक्त स्थानलाई अति सुरक्षित र गोप्य राखेका छन् ।

यो प्लान्टमाथि डिसेम्बर २०१७ मा यमनका विद्रोही हुथी समूहले आक्रमणको निशाना बनाएको विश्वास गरिएको छ । हुथी विद्रोहीले आफूहरुले क्रुज क्षेप्यास्त्र प्रहार गरेको बताए पनि युएईले त्यसलाई अस्वीकार गरेको थियो ।

बाराकाह प्लान्टमा चारवटा रियाक्टर राखिएका छन् जसबाट युएईलाई आवश्यक विद्युतमध्ये करिब २५ प्रतिशत प्राप्त हुनेछ ।

यो आणविक विद्युत गृह दक्षिण कोरियाको सहयोगमा करिब २० अर्ब डलरमा निर्माण भएको हो ।संयुक्तराज्य अमेरिकाले युएईले आणविक प्रविधिमार्फत विद्युत उत्पादन गर्न लागेकामा प्रसन्नता व्यक्त गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]