२६ चैत्र २०८१, बिहिबार
10-04-2025 , Thu
×

नेपाल र इजरायलबीच कूटनीतिक राहदानी सम्झौता

Logo
प्रकाशित शनिबार, भाद्र ०६, २०७७

न्यूजमधेश डेस्क
काठमाडौँ, ६ भदौ। नेपाल र इजरायलबीच कूटनीतिक राहदानी बाहकलाई एक–अर्को देशको यात्रा गर्दा ९० दिनसम्म प्रवेशाज्ञा लिन नपर्ने गरी सम्झौता भएको छ ।

इजरायलको जेरुसेलमस्थित परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारका तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा। अन्जान शाक्य र इजरायल सरकारका तर्फबाट इजरायली परराष्ट्रमन्त्रीले सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको सो दूतावासले जानकारी दिएको छ ।

राजदूत शाक्यले नेपालमा ‘लर्न एण्ड अर्न’ प्रोजेक्ट मार्फत इजरायल आएका विद्यार्थीमध्ये केही उत्कृष्ट छनौट गरी उनीहरुको लागि तालिम अवधी ११ महिनाबाट बढाउन सके उनीहरुलाई विज्ञ कन्सलट्यान्टको रुपमा विकास गर्न सकिने सुझाव दिनुभएको थियो ।

सो अवसरमा केयर गिभिङ क्षेत्रमा पुनः नेपालीहरुलाई ल्याउने तथा यस सँगसँगै रोजगारीका अन्य क्षेत्रमा पनि ढोका खोल्ने सम्बन्धमा पनि कुराकानी भएको दूतावासले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]