०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

सहिद राममनोहर यादवको तेस्रो स्मृति दिवस मधेसभरी मनाए !

Logo
प्रकाशित सोमबार, भाद्र १५, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१५ भदौ। स्वराज आन्दोलनको प्रथम सहिद राममनोहर यादवको तेस्रो स्मृति दिवस मनाएको छ ।

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रहरी हिरासतमा मारिएका तत्कालिन स्वतन्त्र मधेश गठबन्धनका नेता राममनोहरको तेस्रो स्मृति दिवस सोमबार मनाएको हो ।

जनमत पार्टीका अनुसार कोरोना महामारीको समयमा सभा समारोह गर्न सम्भव नभएको कारण यसपटक धनुषासहित मधेशका सबै जिल्लाहरुमा स्थानिय पालिका स्तरमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ ।

२०७५ भाद्र ७ गते तात्कालिन संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव प्रमुख अतिथि रहेको कार्यक्रममा कालो झण्डा देखाएको आरोपमा पक्राउ गरी राज्य विप्लवको मुद्दा लगाई हिरासतमा यातना दिएर बर्दिया प्रहरीद्वारा हत्या गरिएको आरोप संगठनले लगाएको थियो ।

उच्च रक्तचापका विरामी समेत रहेका स्व. राममनोहरले नियमित खाने औषधी समेत खान नदिएको, यातनाका बेला परिवारसंग भेट्न नदिएको जानकारी केन्द्रिय नेता अब्दूल खानले दिएका थिए ।

सिकिस्त भई बेहोस भईसकेपछि मात्र प्रहरीले उपचारका लागी स्व. राममनोहरलाई लाई स्थानिय स्वास्थ्य चौकी, जिल्ला अस्पताल र अन्तमा काठमाडौं लैजाने क्रममा अनावश्यक समय बर्बाद गरी जानिजानि भाद्र १५ गते मृत्युको मुखमा पुर्‍याएको आरोप छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]