१० पुष २०८१, बिहिबार
26-12-2024 , Thu
×

डिजिटल वडा लाहान ७ ले थाले “फुड बैंक”

Logo
प्रकाशित बुधबार, भाद्र १७, २०७७

सिरहा, १७ भदौ । डिजिटल प्रविधि जडान लगायत अत्य आधुनिक कार्ययोजना ल्याई केही समय देखि चर्चामा आईरहेका लाहान नगरपालिका वडा ७ ले बुधबार देखि “फुड बैंक” संचालनमा ल्याएका छन । वडा ७ कार्यालय र उक्त वडा स्थित परोपकार युवा क्लब को सन्युक्त आयोजनामा गरिएको कार्यक्रम लाहानका मेयर मुनि साह सुडीले उद्घाटन गरेका छन । 

कोभीड १९ माहामारीलाई ख्याल गर्दै जारी गरिएको बन्दाबन्दीले दैनिक ज्यालादारी गरि खानेलाई धौधौ परेको कारण उक्त कार्यक्रम शुरु गरिएको जानकारी वडा अध्यक्ष राकेश रोशन गुप्ताले दिएका छन । गुप्ताको अनुसार खाना वितरण बिहान १०:०० बजे देखि १२:०० बजे र बेलुकी ६:०० बजे देखि ७:३० बजे सम्म गरिनेछ । सके दियेर जाऔं, नसके लिएर जाऔं  भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै उक्त कार्यक्रम शुरु गरिएको नेता गुप्ताको भनाई रहेको छ । वडा ७ र  परोपकार युवा क्लवलाई तत्काल सहयोग गर्ने अम्बिका अफसेट प्रेस लहान र स्माईली रेष्टुरेन्ट एण्ड बार लहानलाई नेता गुप्ताले धन्यवाद ज्ञापन गरेका छन र मनकारीहरुलाई समेत सहयोगको लागि अपील गरेका छन । गुप्ताको अनुसार कार्यक्रम भाद्र २७ गते सम्म निरन्तर चल्नेछ जसमा जो कोहीले (समस्यामा परेका) खानाको पैकेट लिएर जान पाउनेछन ।

कार्यक्रम संचालनको क्रममा नगरप्रमुख मुनि साह सुडी, वडा न.७ का अध्यक्ष राकेश रोशन गुप्ता ,वडा ८ का वडा अध्यक्ष बिजय  कुमार महतो , जनता समाजवादीका नेता राकेश झा, स्थानीय युवा, बुद्धिजीवी, पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]