२२ माघ २०८१, बुधबार
05-02-2025 , Wed
×

मारुती सिमेन्ट उद्योगविरुद्ध प्रदर्शन

Logo
प्रकाशित सोमबार, भाद्र २२, २०७७

न्यूजमधेश डेस्क
सिरहा ,२२ भदौ। सामुदायिक वन क्षेत्रको जग्गा अतिक्रमणसँगै वातावरण प्रदूषण बढेको भन्दै स्थानीयवासीले आज सिरहाको गोलबजार नगरपालिकास्थित मारुती सिमेन्ट उद्योगको मूल ढोका अगाडि प्रदर्शन गरेका छन् ।

मारुती सिमेन्ट उद्योगको प्रदूषणविरुद्ध गठित सङ्घर्ष समितिको अगुवाइमा स्थानीयवासीले सो उद्योगविरुद्ध प्रदर्शन गरेका हुन् ।

‘सार्वजनिक जग्गा फिर्ता गर, धुवाँधुलो बन्द गर, रोजगारीमा स्थानीयलाई प्राथमिकता दे’ लगायतका नारा लेखिएका प्लेकार्डसहित सयौँको सङ्ख्यामा ओर्लिएका प्रदर्शनकारीले उद्योगविरुद्ध चर्को नाराबाजी गरेका छन् । ती उद्योगले गोलबजार नगरपालिका र नरहा गाउँपालिकामा पर्ने झण्डै साढे चार बिघा वनको सार्वजनिक जग्गा अतिक्रमण गरेको स्थानीयवासीको आरोप छ ।

जग्गा अतिक्रमण मात्रै नभई सिमेन्ट उद्योगबाट निस्कने प्रदूषित धुवाँले आसपासका बस्ती पनि जोखिममा परेको स्थानीयवासी चिरञ्जीवी यादवले बताउनुभयो । उद्योग परिसरस्थित शारदा डिष्टिलरीले घुर्मी खोलाबाट बगाउँदै आएको विषादीयुक्त पानीले पनि यहाँका सर्वसाधारणको स्वास्थ्यमा विभिन्न किसिमको समस्या देखिनुका साथै अन्नबालीमा पनि गम्भीर क्षति हुँदै आएको स्थानीयवासीको भनाइ छ ।

मारुती सिमेन्ट र शारदा डिष्टिलरीको मनोमानीका कारण गोलबजार नगरपालिका, मिर्चैया नगरपालिका र नरहा गाउँपालिकासहित घुर्मी नदीको छेउमा रहेका दर्जनौँ गाउँका लाखौँ जनता प्रत्यक्षरुपमा प्रभावित छन् । यहाँका स्थानीयवासीले जग्गा अतिक्रमण तथा प्रदूषण रोक्न निरन्तररुपमा आवाज उठाउँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]

जनकपुरधाम । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहि घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए […]