११ पुष २०८१, शुक्रबार
27-12-2024 , Fri
×

सिरहामा करेन्ट लागेर एकको मृत्यु

Logo
प्रकाशित बिहिबार, भाद्र २५, २०७७

सिरहा, २५ भदौ । सिरहामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । खेतबारीमा सिचाइको लागि पानी तान्ने क्रममा बिष्णुपुर गाउँपालिका १ का ५५ वर्षीय गौरी यादबको करेन्ट लागेर ज्यान गएको हो ।

आफ्नै खेतमा मोटरबाट पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरी स्रोतको भनाई छ । करेन्ट लागे पश्चात् तुरुन्तै  घाइते यादबलाई मुसहर्निया स्थित आरके मेडिसिटी अस्पताल लगिएको थियो जहाँ  उनको उपचार शुरु हुन नपाउदै ज्यान गएको बताइएको छ । मृतक यादवका शव पोस्टमार्टमको लागि सिरहा जिल्ला अस्पताल पठाइएको जानकारी प्राप्त भएको छ ।

मृतक यादब बिष्णुपुर गाउँपालिका १ बाट स्थानीय तह निर्वाचनमा तत्कालिन संघीय समाजवादी पार्टीका वडाका प्रत्यासी उम्मेदवार थिए ।अ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]