२९ फाल्गुण २०८१, शुक्रबार
14-03-2025 , Fri
×

‘कोही भोकै बस्नु पर्दैन’ अभियान थाल्नीका साथ पत्रकार साहले मनाए जन्मदिन

Logo
प्रकाशित शुक्रबार, भाद्र २६, २०७७

न्यूजमधेश डेस्क
सिरहा ,२६ भदौ । लकडाउनका कारण आफ्नो क्षेत्रका श्रमिक तथा विपन्नहरुका लागि आगामी दुई महिना कठिन हुने देखे पछि चर्चित युवा पत्रकार बिपी साहले ‘कोही भोकै बस्नु पर्दैन’ अभियान चलाएका छन् । आगामी दुई महिनासम्म धनुषाको विभिन्न क्षेत्रका कसैलाई पनि अभावले भोकै बस्न नदिने प्रण लिदै साहले उक्त अभियान थालेका हुन ।

भदौ २४ मा आफ्नो जन्मदिनको अवसरमा पत्रकार साहले जो कोही पनि भोकले ज्यान नगुमाओस भन्दै अभियानको शुरूवात गरेको उनको निकटतम स्रोतले बताए । विभिन्न काल  खण्डमा पत्रकार साह आफ्नो समाजसेवी क्रियाकलापले चर्चामा रहने गरेको छ । मास मिडियामा स्नातकोत्तर गरेको पत्रकार साह, कानुन तर्फ एलएलबी पनि गरेका छन ।

साहले आफ्नो अभियानमा कसैले साथ दिन चाहे उनलाई स्वागत रहेको समाजिक संजाल मार्फत सार्वजनिक गरेका छन भने उता अभियानको जानकारी गराउदै गाउँघर घुम्दै सहयोग गर्ने स्वास्थ्यकर्मी प्रदिप महतो, व्यापारी संतोष यादव, शेखर लगायतका सहयोगीहरुलाइ धन्यवाद दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, दिपेन्द्र यादव: सिराहाको बढियारपट्टि गाउँपालिका वडा नम्बर ४ सोपुरस्थित श्री बराकी आधारभूत विद्यालयमा ९ कोठे भवन जनमत पार्टीकी प्रतिनिधि सभा सांसद माननीय विनिता कुमारी सिंह ज्यूद्वारा शिलानास भएको छ। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत सघन सहरी भवन निर्माण आयोजना सप्तरीबाट सञ्चालन हुने उक्त आयोजना करिब ५२ लाखमा टेन्डर लागेको […]

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]