२५ चैत्र २०८१, बुधबार
09-04-2025 , Wed
×

सार्वजनिक सवारीमा भाडादर नटाँसे कारबाही

Logo
प्रकाशित शनिबार, कार्तिक १५, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं,१५ कार्तिक । सार्वजनिक सवारी साधनमा भाडादरको विवरण नराख्नेलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही थालेको छ ।

महाशाखाले भाडादर टाँसे÷नटाँसेको विषयमा जाँच अभियान नै सञ्चालन गरिएको जनाएको छ । अभियानको आज पहिलो दिन चार सय २९ सवारी साधनमा भाडादर टाँस्न लगाइएको छ ।

सार्वजनिक सवारी साधनले नियमविपरीत चर्को भाडा लिने गरेको गुनासो आएपछि त्यसको व्यवस्थापन गर्न र यात्रुलाई गन्तव्यसम्मको भाडादर थाहा पाउन सहयोग पुगोस् भनेर उक्त अभियान थालिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

यात्रुबाहक सवारी साधनले तोकेकोभन्दा बढी भाडा लिने, आरक्षण सिट नराख्ने र राखे पनि कार्यान्वयन नगर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने गरेको गुनासो आएपछि अनुगमनमा थप कडाइ गर्न थालिएको छ ।

सडक र सवारी प्रयोगकर्तालाई कुनै पनि समस्या परेमा वा यात्राको क्रममा कुनै जानकारी लिनुपरेमा ट्राफिक प्रहरीको हटलाईन १०३ मा फोन गर्न पनि महाशाखाले अनुरोध गरेको छ । महाशाखाले ठूलो आवाज निकाल्ने, ढोका खुल्ला राख्ने तथा स्वास्थ्य मापदण्ड पालना नगर्ने सवारी साधनलाई पनि कारबाही अभियान थालेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]