०३ बैशाख २०८२, बिहिबार
17-04-2025 , Thu
×

एसिड पीडित साह भन्छिन् : पहिला पनि करेन्ट र मट्टितेल खन्याएका थिए

Logo
प्रकाशित आइतबार, कार्तिक ३०, २०७७

श्रवण देव
जनकपुरधाम,३० कार्तिक । २१ वर्षीया आरती साहलाई यसपटक दीपावलीको रमझमले छोएन । जनकपुर स्थायी घर भएकी उनी तीन वर्षीया छोरीसंगै कीर्तिपुर अस्पतालमा छटपटाइरहेकी छिन् । एसिड लागेर उनको शरीरको आधा भाग चलेको छ । छोरी रियाको शरीरमा पनि एसिड परेको छ ।

आमा–छोरीलाई यो अवस्थामा पुर्‍याउने अरु कोही नभएर जीवनभरि साथ दिने कसम खाएका आरतीकै श्रीमान सञ्जीव साह हुन् ।

‘एकातिर मेरो भाइ र अर्काेतर्फ मेरो बहिनी उभिएकी थिइन् । म बीचमा थिएँ । उनी एक्कासी गिलास लिएर आए । मैले गिलासभित्र पानी होला भन्ने ठानें । तर, उनले मेरो जीऊमा खन्याएर भागे ।’

गत बिहीबार बिहानको त्यो पीडादायी घट्नाबारे आरतीले भनिन् ‘गिलासमा एसिड ल्याएको छ भन्ने थाहा पाएकी भए सतर्क हुन्थेँ ।’

एसिड आक्रमणपछि तत्कालै आमा छोरीलाई जानकी हेल्थ केयरमा उपचारका लागि भर्ना गरिएको थियो । आरतीको अवस्था गम्भीर भएकाले चिकित्सकहरूले कीर्तिपुर अस्पताल रेफर गरेका थिए ।

एसिड फ्याँकेर फरार भएका सञ्जीवलाई प्रहरीले शनिबारै पक्राउ गरिसकेको छ ।

करेन्ट लगाउनेदेखि मट्टीतेल खन्याएर आगो लगाउनेसम्मको यातना

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७, जानकीनगर माइती भएकी आरतीको ४ बर्षअघि जनकपुर–२०, रुपैठाका सञ्जीवसँग सामाजिक परम्पराअनुसार विवाह भएको थियो ।

विवाह भएकै समयदेखि सञ्जीव रक्सी पिएर आउने र आफूलाई कुट्पिट गर्न थालेको आरती बताउँछिन् । बारम्बार यातना दिँदा पनि घरमै सहेर बसेको उनले बताइन् ।

तर, सञ्जीवका पिताले समेत आफूमाथि गलत नजर राख्न थालेपछि घर छाड्न बाध्य भएको उनी बताउँछिन् । ‘छोरी एक बर्षको हुँदा नै ससूराले आफूमाथि गलत नजर लगाउन थाले’ उनले भनिन्, ‘एकातिर पतिले कुटपिट गर्दै यातना दिने र ससुराले गलत दृष्टिले हेर्न थालेपछि घर छाड्न बाध्य भएँ ।’

यातना सहन नसकेपछि आरतीले माइती नजिकै आएर कोठा भाडामा लिएर बस्न थालिन् ।

‘कोठा भाडामा लिएर कहिले तरकारी त कहिले अन्य सामान बेच्दै आफ्नो र छोरीको गुजारा चलाउँदै आएको थिएँ’ आरतीले रुँदै भनिन्, “तर सञ्जीवले कोठामा आएर पनि कुटपिट गर्न छाडेनन् ।”

यहीं कोठामा आएर सञ्जीवले आफूलाई एक दिन करेन्ट लगाएको र अर्काे दिन मट्टितेल खन्याएर आगो लगाउने प्रयास गरेको आरती बताउँछिन् ।

यो विषयमा उनले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपनि प्रहरीले ध्यान नदिएको आरतीको गुनासो छ । ‘एक दिन कुटपिट गरिरहेकै समयमा प्रहरीलाई खबर गर्दा जिरोमाइलबाट प्रहरी पुगेर सञ्जीवलाई सम्झाएर छाडेका थिए’ आरतीकी आमा सुनितादेवीले भनिन्, ‘मेरो छोरी एक्लै बस्न थालेपनि यातना दिने काम रोकिएन ।’

छोरीलाई न्याय दिलाइदिन र उपचारमा समेत सहयोग गरिदिन सुनीतादेवीले आग्रह गरिन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]