०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

मधेशमा सामाचकेवा पर्व शुरु

Logo
प्रकाशित बिहिबार, मंसिर ०४, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,४ मंसिर । तराई मधेशसहित मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक सामाचकेवा पर्व आजदेखि शुरु भएको छ ।सो पर्व आज पञ्चमीदेखि शुरु भई दश दिनसम्म चल्ने छ । एघारांैँ दिन पूर्णिमाका दिनमा राति सामाचकेवाको विसर्जन गरी पर्व समापन हुनेछ ।

दश दिनसम्म मिथिलाञ्चलका दिदीबहिनी, छोरीबुहारीलगायत महिलाले आआफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामाचकेवा खेल्छन् । आजको दिन बिहानै मिथिलाञ्चलका दिदीबहिनीले समूहमा गीत गाउँदै गाउँका खेत तथा भीरमा गएर दाजुभाइको हातबाट माटो खनेर ल्याई गिलो पारी विभिन्न प्रकारका कलात्मक सामाचकेवा बनाएका छन् ।

बेलुकासम्म सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङ भरेर रङ्गीचङ्गी सामाचकेवा बनाइन्छ । रङ्गिसकेको सामाचकेवा राति रातो रङको बाँसको डालामा राखेर दियो बाली गाउँटोलका प्रत्येक चोक, चौराहा, दोबाटो, चौबाटो, विद्यालय, धर्मशाला, मन्दिर र छठघाटमा लगेर दश दिनसम्म गीत, नाच गर्दै चेलीबेटीले सामाचकेवा खेल्नेछन् ।

समूहगत रुपमा चेलीबेटी तथा छोरीबुहारी ‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाई दिय, चम्पा फूल लगाइदिय”, “सामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो” लगायत गीत गाएर सामाचकेवा खेलिन्छ । समूहमै सबैले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्छन् ।

दिदीबहिनीले एघाराँै दिनमा बिहानै सामाचकेवालाई पुनः बनाउने, रङरोगन गर्ने, दिनभरि सुकाएर बेलुका दहीचिउरा खुवाउने, दाजुभाइको फाँर भराउने तथा तिनैबाट फुटाउन लगाएर बाजागाजा, गीतनाचका साथ गाउँको वनमा जोतिएको खेतमा लगेर विसर्जन गर्छन् ।

मिथिलाञ्चलका हरेक दिदीबहिनीले निकै मन पराउने सामाचकेवा पर्व सबैले माइत गएर मनाउने इच्छा राख्छन् । सोहीअनुरुप यस पर्वमा टाढाटाढाबाट दिदीबहिनी सामाचकेवा खेल्नका लागि आआफ्ना माइत जाने गर्छन् ।

दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले टोलछिमेका दाजुभाइ तथा दिदीबहिनीसँग यो पर्व मनाउने गर्छन् । सामाचकेवा पर्व खेल्नाले दाजुभाइको आयु लामो हुने तथा दिदीबहिनीप्रतिको सम्बन्ध प्रगाढ हुने जनविश्वास छ । तराईका महोत्तरी, सर्लाही, सिरहा, धनुषा, सप्तरी, बारा, रौतहट र पर्सा तथा सीमावर्ती भारतीय जिल्लामा यो पर्व लोकप्रिय रहेको छ ।

मिथिलाञ्चलमा छठ पर्वको सध्याकालीन अघ्र्य दिनुभन्दा एक दिन पूर्व ९आज० देखि सामाचकेवा पर्वको आगमन हुन्छ । छठको तयारीसँगै यस पर्वका लागि पनि दिदीबहिनीले सामग्री जोरजाम गर्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]