०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

राहतको विवाद : गाउँदेखि जिल्लासम्म

Logo
प्रकाशित सोमबार, मंसिर २२, २०७७

न्यूजमधेश डेक्स
जनकपुरधाम ,२२ मंसिर । ‘राहत’ योशब्द आफैंमा संवेदनशिल छ । किनभने राहत शब्द भनेको कमजोर व्यक्तिलाई दिने र कमजोर व्यक्तिले पाउने कुरा हो । तर, धनुषाको शहीद नगरपालिकामा राहतकै बिषय लिएर हंगामा भएको छ । एक जना एनजिओले राहत बितरण गर्दा विवाद भएको छ । र, विवाद गाउँदेखि सदरमुकामसम्म आएको छ ।

नाम टिपेर पनि राहत नदिएको भन्दै धनुषाको शहीद नगरपालिकाका दलित समुदायका महिलाहरुले आईतबार जिल्ला प्रशासन कार्यालयमा दिनभर धर्ना दिएका छन् ।नगरपालिकाको वडा नम्बर ७ धबौलीबाट आएका झण्डै २ सय दलित महिलाले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका हुन् । पटक–पटक वडा कार्यालयदेखि नगरपालिका कार्यालयसम्म जाँदा पनि राहत नदिएको उनीहरुको भनाई छ ।

मान्डबीको सहयोगमा यो वडाका बासिन्दाका लागि राहत बितरण गरिएको छ । एउटा बाल्टिनमा दैनिक उपभभोग्य सामानसहित कपडा समेत राहतको रुपमा बितरण गरिएको छ । रु ११ हजार बराबरको उक्त राहत बितरण गर्दा स्थानीयले धनीलाई मात्रै दिएको बताएका छन् ।

शहीद नगरपालिकाका वडा अध्यक्ष मनोज साहले राहत बितरण गर्न आएको एनजिओले नै आफ्नो मनमानी तरिकाले राहत बितरण गरेको बताए । ‘मैले जुन लिस्ट उपलब्ध गराएको छु, त्यो अनुसार राहत बितरण नगरेरै समस्या भएको छ’ शहीद नगरपालिका वडा नम्बर ७ का अध्यक्ष साहल भने, “मैले जुन घरहरुलाई राहत बितरण गर्न भनेको हुँ, ती परिवारमा बितरण भएको छैन् ।”

यो ठाउँमा मान्डबीद्वारा रेन्एिस कार्यक्रम अन्तर्गत राहत बितरण गरिएको छ । तर यहाँका दलित महिलाहरुले धनीलाई मात्रै राहत दिएको भन्दै प्रदर्शन गर्न सदरमुकाम जिल्लासम्म आईपुगेका हुन् ।

‘धनीलाई दुई पटकसम्म राहत दिइसकियो । हामीलाई एक पटक पनि दिइएको छैन’ शहीद नगरपालिका वडा नम्बर ७ धबौली हेबलदेवी खत्बेले भनिन्, “राहत धनीलाई २ पटकसम्म दिइसकियो, तर हामीलाई दिएनन् । पहिलो पटक नँिदा अर्को पटक दिने आश्वासन दिएको र दोस्रो पटक पनि दिइएन् ।”
घरबाटै नागरिकता नम्बर लेखेर लिएर जाँदा पनि आफूहरुलाई बाहिर पठाइएको भन्दै उनीहरुले यसै कारण जिल्ला प्रशासन कार्यालमयधा धर्ना दिइएको बताए ।

यरबारे मेयरलाई भेटदा आफूहरुलाई कुनै अधिकार छैन् भन्दै फर्काएको उनीहरुले बताएका छन् ।धर्ना दिएपछि उनीहरुले मेर बरबरिया मुर्दावाद भन्दै प्रदर्शन समेत गरेका थिए ।

दिभर धर्ना दिएपछि प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले राहत बितरण गरेको सम्बन्धमा छानबिन गरिने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]