शुभ नारायण यादव
सप्तरी ,२७ मंसिर ।सप्तरीको बिष्णुपुर गाउपालिका वडा न.६ गाेरगमाका बेचन मुखियाकाे पिकअप भ्यानमा अाज बिहान अपरिचित ब्यक्तिहरुकाे एक समुहले अागजनि गरेकाे छ ।
मुखियाले अाफ्ने घर अगाडि राखिएको स.१ च १७२५ नम्बरको पिकअप भ्यानमा अागलागि हुदा झन्डै २४ लाख भन्दा बढिकाे क्षति भएको प्रहरीले जनाएको छ ।
अाज बिहान करिब १ बजेतिर घर अगाडि राखिराखेकाे अवस्थामा परालमा पेट्रोल छर्केर अागजनि गरेको पिडित मुखियाले बताएका छन ।साे पिकअपकाे अागजनि स्थानियबासि ,प्रहरी तथा राजविराजबाट अाएकाे बारुण यन्त्रकाे सहयाेगमा नियन्त्रणमा अाएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता पिकअपमा अागजनि ब्यक्तिगत राजनितिक रिसिभिका कारणले भएको तथा साे घटनाको थप अावश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।