
न्यूजमधेश डेस्क
कैलाली ,२९ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले केपी ओली नेतृत्वको नेकपा सरकार पूर्णरुपमा असफल भइसकेको दावी गरेका छन् ।
सोमबार कैलालीको धनगढीस्थित पार्कमोडमा सरकारको विरोधमा गरिएको प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गदै थापाले यस्तो बताएका हुन् ।
‘अब जनतामा धैर्यता टुटिसकेको छ । सरकारले जनताले गरेका अपेक्षा केही पूरा गरेन’, पूर्वमन्त्री समेत रहेका नेता थापाले भने, ‘ सरकार शक्तिशाली छ । तर जनतालाई शक्तिशाली बनाउन कुनै काम गरेको छैन, हावादारी गफमा समय बिताइरहेको छ ।’
सरकार अकर्मण्य र गैरजिम्मेवार भएको बताउँदै थापाले भ्रष्टाचार गर्दिनँ भन्नेले वाइडबडी पुरै खाएको आरोप लगाए ।