
न्यूजमधेश डेस्क
काठमाडौं,५ पुस। मन्त्रिपरिषद्को आजको आकस्मिक बैठकले संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने प्रस्ताव गरेको छ ।बैठकले संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
हरेक हप्ता सोमबार र विहिबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरे पनि आज आइतबार नै बैठक बसेको थियो । बैठकका लागि बिहान नौ बजे मन्त्रीहरुलाई खबर गरिएको थियो ।
गत मंसिर ३० गतेको बैठकले संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । जसको अहिले सर्वत्र विरोध भइरहेको छ ।
यद्यपी सरकारले अध्यादेश फिर्ता लिने बताए पनि अहिलेसम्म फिर्ता लिएको छैन । जसका कारण संवैधानिक परिषदको बैठक कोरम नपुगेर बस्न सकेको छैन ।