०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

सप्तरीमा आफ्नै पार्टीका कार्यकर्ताले जलाए प्रधानमन्त्री ओलीको पुत्ला

Logo
प्रकाशित आइतबार, पुष ०५, २०७७

न्यूजमधेश डेस्क
सप्तरी ,५ पुस। सप्तरीमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।

संसद विघटन गरेको विरोधमा सदरमुकाम राजविराजमा नेकपाका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् । संसद विघटन गरेर ओलीले असंवैधानिक कदम चालेको उनीहरुको भनाइ थियो ।

उनीहरुले राजविराजको मदन चोकस्थित नेकपा पार्टी कार्यालयबाट विरोध प्रदर्शन सुरु गरेका थिए । जनआन्दोलन चोकमा पुगेर उनीहरुले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका थिए ।

पुत्ला जलाएपछि आयोजित कोणसभामा बोल्दै नेताहरुले ओलीले असंवैधानिक कदम चालेर निरंकुशता लाद्न खोजेको भन्दै आन्दोलनको विकल्प नभएको बताएका थिए ।

जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य रामप्रित पासवान, जिल्ला अध्यक्ष अशोककुमार मण्डल, जिल्ला सचिव एवं प्रदेश सांसद गोविन्द न्यौपाने, पूर्वमन्त्री उमेश यादव, नेताहरु महेशप्रसाद यादव लगायतले ओलीको कदमविरुद्ध निरन्तर आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]