
न्यूजमधेश डेस्क
जनकपुरधाम,१३ पुस।प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेस धनुषाले वर्तमान सरकारको अलोकतान्त्रिक र असंवैधानिक कदम रहेको भन्दै विरोध प्रर्दशन गरेको छ । देशव्यापी विरोध कार्यक्रम अन्तरगत धनुषाको चारवटै निर्वाचन क्षेत्रमा काँग्रेसले विरोध प्रदर्शन गरेको हो ।
धनुषाको क्षेत्र नम्बर १ को धनुषाधाममा काँग्रेसका नेता आनन्द ढुंगाना, क्षेत्र नम्बर २ को यदुकुहामा नेता रामकृष्ण यादव, धनुषाको क्षेत्र नम्बर ३ को नगराईनमा प्रदेश नम्बर २ का संसदीय दलका नेता रामसरोज यादव र क्षेत्र नम्बर ४ को महेन्द्रनगरमा नेता महेन्द्र यादव सहितले कोणसभामा सम्बोधन गरेका थिए ।
कांग्रेसका नेताहरुले विकास र परिर्वतनका नाममा सिन्को समेत भाँच्न नसक्दा प्रधानमन्त्री ओलीले संसद विघटन गरेको बताए । उनले संसद विघटन गर्नु लोकतन्त्र र संविधानको खिल्ली उडाउनु मात्रै भएको आरोप लगाए ।
संसद विघटन गरेर ओलीले देश र जनतालाई ठूलो धोका दिएको बताए ।