०९ मंसिर २०८१, सोमबार
25-11-2024 , Mon
×

नेपाली कांग्रेस राष्ट्रिय एकताको सुत्रधार : नेता सुरेन्द्र यादव

Logo
प्रकाशित शनिबार, पुष २५, २०७७

लोकेन्द्र प्रसाद यादव
राजविराज ,२५ पुस।नेपाली कांग्रेस राष्ट्रिय एकताको सुत्रधारमा रहेको पुर्व संविधानसभा सदस्य सुरेन्द्र यादवले बताए ।

प्रतिनिधि सभा विघटनको विरुद्धमा देशभरका प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ।त्यसैक्रममा सप्तरी क्षेत्र नम्बर ४ का( ख) प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो ।

बोदे बर्साईन नगरपालिका वडा नम्बर ३ कुशमहार बाट सुरू भएको विरोध प्रदर्शन बोदे बर्साईन बजार पुगेपछि सभामा परिनत भएका थिए।

आयोजित सभालाई सम्बोधन गर्दै पूर्व संविधानसभा सदस्य सुरेन्द्र प्रसाद यादवले भने संसद विघटन असंवैधानिक भएको बताएका छन् साथै नेपाल कांग्रेस पार्टी हिमाल ,पहाड, तराई मधेसको राष्ट्रिय एकताको सुत्रधार रहेको बताए ।

उक्त कार्यक्रममा नेताहरू राजेन्द्र साफी , विवेकान्द झा, जिवछ चाैधरी ,ईन्द्रदेव ठाकुर,धनकिशोर साहको समेत उपस्थिति थियो ।सो कार्यक्रम क्षेत्रीय सभापति जितेन्द्र कुमार यादव अध्यक्षतामा सम्पन्न भएका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राजविराज , ७ भदौ। सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कङ्कालिनी भगवती मन्दिरदेखि पूर्व कोसी किनारमा किसानले लगाएको केराको बोट सुक्न थालेको छ । केराखेतीमा बाढी पसेर बोटै सुक्न थालेपछि उनीहरु चिन्तित बनेका छन् । स्थानीय किसान दिनेशकुमार राउतले निरन्तरको वर्षाले केरा बगान डुबानमा परेपछि बोटै सुक्न थालेको जानकारी दिनुभयो । असार साउनमा आएको बाढीले केराबारीमा […]

राजविराज । उज्यालो र व्यवस्थित सहर निर्माण गर्न राजविराजको मुख्य बजार क्षेत्रमा सिसी क्यामरा जडान गरिएका छन् । गत आर्थिक वर्षको नगरसभाले विनियोजन गरेको रु ५० लाख बजेटबाट राजविराज नगरक्षेत्रभित्र एक सय २३ ठाउँमा क्यामरा जडान गरिएका छन् । राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत प्रविनका अनुसार नगरमा दैनिक चोरीका घटना तथा सवारीसाधनको चाप बढेका कारण […]

जनकपुरधाम । धनुषाको कमला नगरपालिकाले स्थानीय भूउपयोग क्षेत्र वर्गीकरण मापदण्ड २०८१ परित गरेपछि जग्गा वर्गीकरण कित्ताकाट हुने भएको छ । सरकारले जग्गा वगीकरण तथा कित्ताकाटको अधिकार स्थानीय तहमा प्रत्यायोजन गरेसंगै जग्गा वर्गीकरणका कारण खरिदविक्रिदेखि सम्पूर्ण कारोबार नै ठप्प रहेको अवस्थामा कमला नगरपालिकाले जग्गा वर्गीकरण सम्बन्धी मापदण्ड राजपत्रमा प्रकाशित गरेसंगै स्थानीयवासीलाई सहज हुने भएको छ । […]