न्यूजमधेश समाचारदाता काठमाडौ,२३ पुस। अदालतको आदेशले आफू अध्ययनरत कलेज नै खारेजीमा परेपछि ३० जना नर्सिङका विद्यार्थीहरुले आत्मदाहको चेतावनी दिएका छन् । उनीहरुले आफूहरुको भविष्य अन्धकारमा पारिएको भन्दै सिंहदरबार अगाडि आत्मदाह गर्ने चेतावनी दिएका हुन् । रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गर्दै पीडित विद्यार्थी संघर्ष समितिले आन्दोलनको घोषणा गर्दै आत्मदाह सम्म गर्ने चेतावनी दिएका हुन् […]
न्योजमधेश समाचारदाता जनकपुरधाम,२२पुस।जनकपुरधाम उपमहानगरपालिकामा नगर प्रमुख लालकिशोर साहको प्रतिक्रिया लिन उपमहानगरको कार्यालयमा पुगेका पत्रकारहरु कुटिएका खबर मेडियामा आएका छन्। सोमबार जनकपुरधामस्थित जानकी मन्दिरको जग्गा अतिक्रमण जग्गा अतिक्रमणसम्बन्धी समाचारका लागि प्रतिक्रिया लिन पुगेका पत्रकारहरूलाई मेयर साहको कार्यकक्षमा ढोका थुनेर कुटपिट गरिएको कुराप्रति उपमहानगर युवा संजालका अध्यक्ष रक्की प्रसाद साहले पत्रकारहरुप्रति आक्रोश व्यक्त गरेको छ। उहाले सुझाव […]
न्यूजमधेश समचारदाता जनकपुरधाम, २२ पुस । नेपाल प्रहरी धनुषाका अपराध अनुसन्धान तथा मुद्दा शाखाका ईन्चार्ज प्रहरी ईन्सपेक्टर उमाशंकर प्रसाद साह सिंघम रहेको सरोकारवालाहरुले बताएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषामा हाजिर भएदेखि ठूल ठूला अपराधमा संलग्न दोषि, लागु औषध नियन्त्रण तथा विभिन्न मुद्दालाई कम समयमै टुंगो लगाएर ख्याति कमाएका ईन्सपेक्टर उमाशंकर नेपाल प्रहरीकै एक उत्कृष्टि […]
न्यूजमधेश समचारदाता महोत्तरी,२२ पुस। प्रदेश २ सरकारले दूध उत्पादन गर्ने किसानलाई अनुदान दिने भएको छ । प्रति लिटर दूधमा २ रुपैयाँ अनुदान प्रदेश सरकारले दिने भएको हो । प्रदेशका भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सोमबार महोत्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उक्त जानकारी गराएका हुन् । ‘किसानलाई प्रति लिटर दूधमा २ […]
न्यूजमधेश समाचारदाता राजविराज ,२२ पुस ।सप्तरी प्रहरीले बिभिन्न मुद्दामा फरार रहेका १७ जनालाई एकै दिन नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयसहित बिभिन्न ठाउँबाट खटिएको प्रहरी टोलीले सोमबार उनीहरुलाई बिभिन्न ठाउँबाट नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार ज्यान मार्ने उद्योग मुद्दाका जिल्लाको खड्क नगरपालिका ४ बस्ने ५८ बर्षीय ईसराइल मियाँ, कुटपिट मुद्दाका बलान […]
न्यूजमधेश समाचारदाता जनकपुरधाम ,२२ पुस।स्वास्थ्य मन्त्रीले विभेद गरेको भन्दै हेल्थ असिस्टेन्ट संघ नेपालले सोमवार जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत सरकारलाई ज्ञापन–पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई संघका अध्यक्ष धिरेन्द्र कुमार यादबको नेतृत्वमा पुगेका हेल्थ असिस्टेन्टहरु ज्ञापन–पत्र बुझाएको हो । जिम्मेवारी विहिन गरेकाले न्यायोचित जिम्मेवारी दिनका लागि हेल्थ असिस्टेन्टहरुले सरकारसँग माग राखेका छन् […]
न्यूजमधेश सअमचारदाता काठमाडौं, २१ पुस । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको राष्ट्रिय सभा सदस्य संख्या घट्ने भएको छ। प्रदेश २ मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राजपासँग गठबन्धन गरेपछि कांग्रेसका सात सदस्य घट्ने भएका हुन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ९ जना, नेपाली कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एकजनाको फागुन २० मा […]
न्यूजमधेश समचारदाता विरगंज,२१ पुस।पर्सा जिल्लाको नापी कार्यालयका कर्मचारी घुससहित पक्राउ परेका छन्। सेवाग्राहीसँग ७५ हजार घुस रकम लिँदै गर्दा पर्साको नापी कार्यालय अन्तर्गत २ नम्बर नापी टोलीको कार्यालयका कर्मचारी रंगेहात पक्राउ परेका हुन्। पक्राउ पर्ने कर्मचारी नापी कार्यालयको सर्वेक्षक रामनरेश पासवान रहेको अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयका सूचना अधिकारी शिवराज रेग्मीले जानकारी दिएको छ। […]