न्यूजमधेश समचारदाता जनकपुरधाम,२७ मंसिर।धनुषा र सिरहा जोड्ने कमला नदीमा पुल नहुँदा दैनिक हजारौं सर्वसधारण डुङ्गामा जोखिम यात्रा गर्न बाध्य छन् । कमला नदीको पुर्वतिर सिरहाको सारश्वर र पश्चिमतीर धनुषाको सुखठोर टोल पर्छ । अतिव्यस्त सडक भएपनि कमला नदीमा पुल नहुँदा सर्वसधारण डुङ्गा चढेर ओहोरदोहोर गर्छन् ।डुङ्गामा एक जनालाई पार गर्न घटवार (डुङ्गा चलाउने)ले ५० रुपैया […]
न्यूजमधेश समाचारदाता कपिलवस्तु,२६ मंसिर।कपिलवस्तुकाे शिवराज नगरपालिका वडा १ उमरी र साेनपुरमा अपाङ्ग रहेकाे किशोरहरुलाई बाख्रा पालनकाे लागि वडा अध्यक्ष द्वारा सहयोग गरिएको छ। अपाङ्गता रहेको किशोरहरुलाई रु ५०,००० का दरले बाख्रा पालन काे लागि वडा अध्यक्ष जगत बहादुर घर्ती क्षेत्री र वडा सदस्य भिखु थारु काे हात वाट चेक हस्तान्तरण गरिएको छ।किर्डाक नेपाल र स्ट्रोम […]
सोलिन्द्र चौधरी काठमाडौं,२६ मंसिर।सिन्धुलपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार सिन्धुपाल्चोकको शर्माथाङ केन्द्रबिन्दु भएर भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ७ बजेर ११ मिनेटमा ४.८ मेग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत आसपासका जिल्लामा पनि महसुस गरिएको छ।
न्यूजमधेश समाचारदाता महोत्तरी,२६ मंसिर।धान काट्ने चटारो सुरु भएपछि महोत्तरीका ग्रामीण क्षेत्रका सामुदायिक विद्यालय सुनसान छन्। मंसिर लागेसँगै बालबालिकाहरु धान काट्न र बाबुआमालाई सघाउन व्यस्त भएपछि विद्यालयमा पठनपाठन बन्द छ। ग्रामीण भेगका सामुदायिक विद्यालयमा दलित, विपन्न र विभिन्न अवसरबाट पछि पर्दै आएका जनजाति समुदायका बालबालिका अध्ययन गर्छन्। आमाबाबु धान काट्न हिँड्ने भएपछि नानीहरु लोडहा खोज्न (धान […]
न्यूजमधेश समाचारदाता मोरङ ,२६ मंसिर।श्रीमानको चक्कु प्रहारबाट श्रीमती घाइते भएकी छिन्। ५० वर्षीय डम्बर कार्कीले ३५ वर्षीया श्रीमती सुस्मिता कार्कीमाथि तरकारी काट्ने चक्कु प्रहार गरी घाइते बनाएका हुन् । तरकारी काटिरहेको अवस्थामा श्रीमानले चक्कु प्रहार गर्दा सुस्मिताको टाउको, घाँटी र हातमा गहिरो चोट लागेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजूले बताए । गम्भीर अवस्थाकी उनलाई […]
न्यूजमधेश समाचारदाता रुपन्देही, २६ मंसिर ।मैत्री युवा क्लबको आयोजनामा देवदह-१२ प्रगतिनगरमा जारी दोस्रो मैत्री कप-२०७६ रोचक बन्दै गएको छ ।बुधबार भएको सेमिफाइनल खेलमा जीत हासिल गरी देबिनगर युवा क्लब बुटवल फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल खेलमा देबिनगर युवा क्लब बुटवल र शिवपुर युवा क्लब बिच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा ३-० गोलको अन्तरले […]
काठमाडौ ,२६मंसिर।नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जानी–नजानी विवादमा परिराखेका हुन्छन् । हालै उनको अध्यक्षतामा बसेको नेकपाको सचिवालय बैठकले कामरेड वामदेव गौतमलाई पार्टी उपाध्यक्षमा नियुक्त गर्न विधान संशोधन गर्ने प्रस्ताव पारित गरेपछि उनी एक पटक फेरि विवादमा परेका छन् । पार्टीले वामदेव गौतमलाई पार्टीको उपाध्यक्षमा मात्रै नियुक्त गरेको छैन, राष्ट्रिय सभामा मनोनीत गर्ने मनसुबा पनि प्रकट गरेको छ । […]
संतोष रन्जितकार वीरगन्ज,२६ मंसिर।पर्सा श्रीसियाका बासिन्दाले सुक्खा बन्दरगाहमा परेको जग्गाको मुआब्जा पुनः मूल्यांकनको माग गर्दै प्रदर्शन गरेका छन् । बुधबार वीरगन्ज महानगरपालिका–२५ खलवाटोला र श्रीसियावासीले प्रदर्शन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई ज्ञापनपत्र बुझाएका हुन्। उनीहरुले अधिग्रहण गर्न लागिएको ६२ विगाहा जग्गाको मूल्यांकन न्यून भएको भन्दै मुआब्जाको पुनःविचार गर्न अपिल गरेका थिए ।श्रीसियावासी विगत […]