रुपन्देही । जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं.१ स्थित खुनगाइमा जनमत पार्टीको शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना अदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टीका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज भोपेन्द्र प्रसाद यादवले मधेसी, आदिवासी जनजाति, दलित समुदायको अधिकारको लागि लड्ने अव जनमत पार्टी मात्र रहेको दाबी गरेका […]
जनकपुरधाम।कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीज वीज खान दिएर मनाइँदैछ ।कार्तिक कृष्ण त्रयोदशीकै दिन शुरु हुने यमपञ्चक भने यस वर्ष तिथिको घटबढका कारण शुक्रबार बेलुकीदेखि नै शुरु भएको छ । शुक्रबार बेलुकी त्रयोदशी तिथि लाग्ने भएकाले यमपञ्चक शुरु गर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले […]
जनकपुरधाम।श्री हनुमान जयन्तिको अवसरमा विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरिएको छ । आज हनुमान जयन्तिको अवसरमा मिथिलाञ्चल सांस्कृतिक कला परिषद जनकपुरधामले प्रत्यके वर्ष जस्तै यस वर्ष पनि जानकी मन्दिरवाट शोभायात्रा निकालेको छ । परिषदका अध्यक्ष शभ्मु साहले यस वर्ष सडक मर्मत भइरहेकाले रथ बिनानै शोभा यात्रा निकाल्नु परेको भन्दै हनुमान जयन्तीलाई समेत प्राथमिकताका साथ मनाउन मिथिला […]
दुबई ।विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) यूएई दुबईद्वारा जबिल पार्कमा दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार कार्यक्रममा एनआरएमएको अन्तर्राष्ट्रिय समितिका अध्यक्ष बसन्त कुशवाहाले दिपावली तथा छठ पर्कको शुभकामना दिदै मधेश तथा विदेशमा रहेको मधेसी युवाहरुको वर्तमानमा अवस्थाको विषयमा चर्चा परिचर्चा गरेका थिए । […]
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले सब–इञ्जिनीयर सन्दीप पौडेल र डोजरचालक विक्रम बस्नेतलाई रङ्गेहात पक्राउ गरेको छ । शिक्षा विकास निर्देशनालय प्रदेश नं ५ बुटवल रुपन्देहीमा करारमा कार्यरत सब–इञ्जिनीयर पौडेलले विद्यालयको भवन निर्माण कार्य सम्पन्न भई अन्तिम किस्ताबापतको बाँकी रकम विद्यालयको खातामा निकासा गर्ने सिलसिलामा विभिन्न बहाना बनाई सेवाग्राहीसँग पटक–पटक घुस माग […]
रौतहट । मोहम्मद अफताब आलमलाई सघाउने सम्भावित व्यक्तिमाथि प्रहरीले निगरानी शुरु गरेको छ । पीडितले न्याय पाउने गरी अनुसन्धान गर्न प्रदेश २ प्रहरी प्रमुख प्रद्युम्न कार्की र जिल्ला प्रहरी प्रमुख भूपेन्द्र खत्रीलाई प्रहरी मुख्यालयले निर्देशन दिएको छ । राजापुर घटना अनुसन्धानमा केन्द्रबाट समन्वय भइरहेको निमित्त प्रहरी महानिरीक्षक पुष्कर कार्की बताउँछन् । रौतहट जिल्ला प्रहरी कार्यालयबाटै […]
चितवन । नेपालमा गरिमा भनी बिक्री गरिएको धानको बीउ गरिमा नभएको पाइएको छ । राष्ट्रिय बीउबिजन समितिले फरक धान परेको भन्दै गरिमा धानमा भएको क्षतिपूर्ति मूल्याङ्कन र सिफारिस गर्न प्रचलित कानूनअनुसारको समितिलाई निर्देशन गरेको छ । कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव तथा समितिका अध्यक्ष डा. युवकध्वज जिसीको अध्यक्षतामा बिहिबार बसेको बैठकले सो समितिलाई एक महिनाभित्र […]