२२ माघ २०८१, बुधबार
05-02-2025 , Wed
×

‘व्यवसायीहरुको समस्याप्रति मधेश सरकार गम्भीर’

जनकपुरधाम ,१२ साउन । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले उद्योगी व्यवसायीहरुको समस्याप्रती मधेश सरकार गम्भीर रहेको बताए । शनिबार जनकपुरधाम उद्योग वाणिज्य संघको ५७ औँ वार्षिक साधारणसभाको समुद्घाटन गर्दै मुख्यमन्त्री सिंहले आफू व्यवसायीहरुको समस्याप्रति गम्भीर रहेको बताएका छन् । मुख्यमन्त्री सिंहले, ‘आफू पनि सप्तरीमा उद्योग वाणिज्य संघको सदस्य रहेकोले व्यवसायीहरुको समस्या बुझेको छु।’ उनले […]

जनकपुरधाम,१२ साउन । सप्तरीका प्रतिष्ठित व्यावसायी रंजित कुमार दास जनमत पार्टीमा प्रवेश गरेका छन् । जनकपुरधामस्थित जनमत पार्टी केन्द्रिय सचिवालयको कार्यलयमा पुगेर उनले पार्टी प्रवेश गरे । मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले व्यावसायी दासलाई सदस्यता दिदै खादा र अविर लगाएर पार्टीमा स्वागत गरेका हुन् । मुख्यमन्त्री सिंहले उनको आगामी राजनीतिक यात्रा सुखद रहोस् भन्ने शुभकामना […]

जनकपुरधाम ,१२ साउन। मधेस सरकारको नेतृत्व पाएको लगभग ५० दिनसम्ममा भएको प्रगतिको समीक्षा गर्दै जनमत पार्टीको सचिवालय बैठक सकिएको छ । जनकपुरधामस्थित पार्टीको केन्द्रीय कार्यालयमा हिजोदेखि सुरु भएको सचिवालय बैठक मधेस सरकारलाई अझ चलायमान बनाउन पार्टीको तर्फबाट चार बुँदे सुझावसहितको निर्णय गर्दै शनिबार सम्पन्न भएको हो । बैठक खासगरी मधेस सरकार कामकाजको बारेमा तथा काम […]

जनकपुरधाम,१२ साउन ।मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले कुपोषणमुक्त प्रदेश बनाउन मधेश सरकारले हरेक किसिमको सहयोग गर्न तयार रहेको बताए। शुक्रवार वर्ल्ड भिजन नेपालले जनकपुरमा आयोजना गरेको कुपोषणमुक्त मधेश प्रदेशको लागि ‘इनफ’ अभियानको मुख्यमन्त्री सिंहले एक नवजात शिशुलाई पोषिलो खानेकुरा चम्चाले खुवाउँदै अभियानको शुभारम्भ गरेका थिए। उनले मधेश प्रदेशमा अन्नको पर्याप्त र विविधता रहेपनि बालबालिकाको […]

जनकपुरधाम ,११ साउन ।मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकार सञ्चालन भइरहँदा विगतमा भएका त्रुटि तथा कमीकमजोरीबाट पाठ सिकेर अघि बढनुपर्नेमा जोड दिएका छन् । मधेशका शिक्षा तथा सँस्कृति मन्त्रालयले शुक्रबार आयोजना गरेको आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रगति विवरण सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री सिंहले सो कुरा बताएका हुन् । चालु आर्थिक वर्षमा समयमै अख्तियारी पठाइएकाले योजना […]

जनकपुरधाम,११ साउन। मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले पोषण पुन:स्थापना केन्द्र भवनको उद्घाटन गरेका छन् । शुक्रबार एक समारोहबीच प्रादेशिक अस्पताल जनकपुरधामको प्राङ्गणमा अवस्थित पोषण पुन:स्थापना केन्द्रको दुईकोठे भवनको संयुक्त रुपमा उद्घाटन मुख्यमन्त्री सिंह तथा प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले गरेका हुन् । वर्ल्ड भिजन इन्टरनेशनलको साझेदारीमा एकीकृत ग्रामीण समाज विकास बर्दिवासद्वारा एकीकृत पोषण तथा […]

जनकपुरधाम,११ साउन ।जनमत पार्टी केन्द्रिय सचिवालयको बैठक जनकपुरधाममा सुरु भएको छ। शुक्रबार जनकपुरधाममा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतको अध्यक्षतामा पार्टी केन्द्रीय सचिवालयको दुईदिने बैठक शुक्रबारबाट जनकपुरधाममा सुरु भएको हो । बैठकमा वर्तमान राजनीतिक परिस्थिति र पार्टीको कार्यदिशा, मधेश प्रदेश सरकारका कामकाज कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपाय लगाइएको विषयमा छलफल हुने पार्टीका राष्ट्रिय प्रवक्ता […]

जनकपुरधाम । मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा शिवराम यादवलाई नियुक्त गर्न सिफारिस गरिएको छ। प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले शिवराम यादवलाई प्रदेश लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई सिफारिस गरेका हुन् । ५७ वर्षीय यादव सिरहाको सिरहा नगरपालिका वडा नम्बर १३ गमहरिया निवासी हुन् ।