जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले बुधबार ७ हजार बिघा बगर जमिनको स्थलगत निरीक्षण गरेका छन् । धनुषाको कमला नगरपालिकामा रहेको ६/७ हजार बिघा बगर जमिनको मुख्यमन्त्री सिंहले स्थलगत निरीक्षण गरेका हुन् । बगर खेती योग्य जमिनमा प्रदेश सरकारबाट कृषि उत्पादन गर्ने उद्देश्यले मुख्यमन्त्री सिंह नेतृत्वको संयुक्त टोलीले स्थलगत निरीक्षण गरेको मुख्यमन्त्रीको कार्यालयले जनाएको […]
सर्लाही । पूर्वराज्यमन्त्री रामचन्द्र रायको पार्थिव शरीर दाहसंस्कारका लागि लगिँदै । मलङ्गवा नगरपालिका–४, पुर्खेयौली घर भएका ८० वर्षका रायको चन्द्रनगर गाउँपालिका–१ स्थित घरमा आइतबार राति धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।
वीरगञ्ज । पर्सा सशस्त्र प्रहरी बल नेपाल नं १३ गणले गत आर्थिक वर्षमा रु ३४ करोड २७ लाख ७८ हजार तीन सय ३३ मूल्य बराबरका बिलबीजक नभएका र भन्सार छली गरेका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल १३ नं गणका प्रमुख राधेश्याम धिमालले आव २०७९र८० को तुलनामा आव २०८०र८१ मा नौ करोड […]
जनकपुरधाम । मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले सहिद राम मनोहर यादव पार्क निर्माण गर्नको लागि जग्गा निरिक्षण गरेका छन् । सोमबार सप्तरीको तिरहुत गाउँपालिकास्थित बरखण्डित बाबा महादेव मन्दिर नजिकै स्वराज आन्दोलनको क्रममा सहिद राम मनोहर यादवको पार्क निर्माण गर्नको लागि मधेश सरकारका वन मन्त्री त्रिभुवन साहसहितको टिम जग्गा निरिक्षण गरेका हुन् […]
जनकपुरधाम ।मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले महोत्तरीको बर्दिवास नगरपालिकास्थित टुटेश्वरनाथ महादेव मन्दिरको पूर्वाधार विकास र प्रचारप्रसारबाट स्थानीय अर्थतन्त्र मजबुत बनाउन सकिने बताएका छन् । सोमबार बिहान साउनको पहिलो सोमबार टुटेश्वरनाथ महादेवको पूजाअर्चनापछि मुख्यमन्त्री सिँहले मन्दिरमा आन्तरिक पर्यटकको आगमन तीव्रताका साथ बढाउन सकिए स्थानीय अर्थतन्त्र मजबुत भएर त्यसक्षेत्रका बासिन्दाको जीविकोपार्जनमा सघाउ पुग्ने उल्लेख गरे । उनले […]
जनकपुरधाम, ७ साउन ।चार पटकका सांसद एवम् पूर्वमन्त्री रामचन्द्र रायको सर्लाहीस्थित चन्द्रनगर गाउँपालिका वडा नम्बर २ रतनपुरमा हत्या भएको छ । पूर्वमन्त्री यादव सर्लाही सदरमुकाम मलंगवामा बस्दैआएका थिए । गाउँमा मृत्युभोज सकाएर आइतबार रातिविश्रामका लागि पुगेका पूर्वमन्त्री यादवलाई जग्गासम्बन्धी विवाद सुल्झाउन आग्रह गर्न पुगेका अज्ञात तीनजना व्यक्तिले धारिलो हतियार प्रयोग गरेर उनको हत्या गरेको आशंका […]
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले आइतबार मुख्यमन्त्रीको कार्यालयसहित ११ वटा मन्त्रालयको छड्के निरीक्षण गरेका छन् । प्रदेश सरकारको कार्यालयमा कर्मचारीहरूको लापरबाही बढेको गुनासो आएपछि मुख्यमन्त्री सिंहले बिहान मुख्यमन्त्रीको कार्यालयसहित ११ वटा मन्त्रालयको अनुगमन गरेका हुन् । निरीक्षण तथा अनुगमनको क्रममा मुख्यमन्त्री सिंहले अधिकांश कर्मचारीहरूमा धेरै लापरबाही रहेको पाइएको बताए । उनले कर्मचारीहरूमा खासगरी […]
सिरहा : सिरहाको औरही गाउँपालिकामा व्यापक भ्रष्टाचार भएको तथ्य बाहिरिएको छ। आ.व.२०७९/८० मा औरही गाउँपालिकाले संचालन गरेको योजनाहरुको गोप्य सुचना गरि ०.३५ प्रतिशत बिलो भन्दा कम बिलोमा नै ठेक्काहरु समझौता गरेको पाइएको छ। कमिसनको बार्गेनिङ गर्ने र अग्रिम कमिसन लिएर मिलोमतोमा त्यस्ता गतिविधि भैरहेको छ। त्यसरी गैरकानुनी रुपमा ठेक्का लगाउने र अबैध रुपमा आर्थिक लाभ […]