०६ मंसिर २०८१, शुक्रबार
22-11-2024 , Fri
×

मधेश विशेष

दाइजो नलिएरै छोराको विवाह गरे मालपोत प्रमुख साह

न्यूजमधेश सम्बादाता जनकपुरधाम,९ फाल्गुण।रौतहटका एक सरकारी अधिकारीले आफ्नो छोराको विना दाइजो विवाह गरेका छन्।मालपोत कार्यालय मौलापुर,रौतहटका प्रमुख बबुनन्दन साहले छोरा डा. राकेश स्वर्णकारको विवाह गौर नगरपालिका ५ की आरती साहसँग विना दाइजो विवाह सम्पन्न गरेका हुन्। मधेसमा विवाह गर्दा ठूलो संख्यामा जन्ती लैजाने चलन छ।तर बेहुला राकेशले सिमित संख्यामा जन्ती लिएर विहिवार दिउँसो जनकपुरस्थित जानकी […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,९फाल्गुण। प्रदेश २ का अस्थायी राजधानी जनकपुरधामको शिवचौक स्थित शिवमन्दिरलगाईत देशका विभिन्न शिव मन्दिरमा श्रधालु भक्तजनहरु पुजाआजा गरिदै आज महाशिवरात्री पर्व मनाइँदैछ। प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व शुक्रबार देशभरका शिवालयमा देवाधिदेव महादेवको पूजा अर्चना र रुद्राभिषेक गरी मनाइँदैछ । विभिन्न नामले पुकारिने शिव प्रादुर्भाव भएको दिनका रुपमा शिवरात्रि मनाउने […]

अजित भुजेल बिरगंज,८फाल्गुण।पर्सा जिल्लाको वीरगन्ज युवा समाजले अाज एक कार्यक्रम बीच जिल्ला प्रहरी कार्यलय पर्साकि प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तको प्रमुख अातिथ्यमा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाल चिकित्सक संघको केन्द्रीय सह-सचिवमा निर्वाचित युवा समाजका सल्लाहकार डा.निरज कुमार सिंह,३ विधामा विश्व किर्तिमान राखि गिनिज बुक अफ वल्ड रेकर्डमा नाम दर्ता गरेका सदस्य […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,८फाल्गुण। प्रदेश २ मा २ सय ३६ महिला अधिकार उलंघन भएको पाइएको छ । बुधबार अनौपचारिक सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालय जनकपुरधामले सार्वजनिक गरेको वर्ष पु्स्तक २०२० मा २ सय ३६ महिलाकोअधिकार उलंघन भएको जनाइएको छ । यकिन तथ्याङ्क नभएपनि विगत भन्दा यो संख्या दिनानु दिन बढ्दै गएको जनाइएको छ । महिला अधिकार […]

न्यूजमधेश सम्बादाता परासी,७ फाल्गुण। पश्चिम नवलपरासीको सरावल गाउँपालिका–३ श्रीनगरस्थित पिडुराखोलामा सिँचाइ सुविधाका लागि पक्की बाँध निर्माण गरिएको छ । तराई–मधेश समृद्धि कार्यक्रम र सरावल गाउँपालिकाको संयुक्त लगानीमा सिँचाइका लागि बाँध निर्माण भएपछि वर्षौँदेखि सिँचाइको समस्या भोग्दै आएका स्थानीय कृषकमा खुशीयाली छाएको छ । सरावल गाउँपालिकाको पिपरा, महुवा, कोठिलवा, श्रीनगर, गोइनी, सरावल तथा रामग्राम नगरपालिकाको देवगाव, […]

श्रवण देव जनकपुरधाम,७फाल्गुण।हिन्दू समाजमा कसैको मृत्यु भए सबै कर्ममा पुरुषकै सहभागिता हुनुपर्ने मान्यता छ । दाहसंस्कारदेखि हुने हरेक क्रियाकर्ममा महिलाको सहभागितालाई बर्जित गरिएको छ । झन् तराईरमधेसमा त यस्ता काममा महिलालाई झनै कडाइ गरिएको छ । त्यहाँ अहिलेसम्म महिलालाई घुम्टोभित्रै राख्ने चलन पूर्णरुपमा हटिसकेको छैन । निधन भएका व्यक्तिको शव दाहसंस्कारका लागि घाटसम्म लग्नुपर्दा पुरुषले […]

न्यूजमधेश सम्बादाता राजविराज,७फाल्गुण।सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ९ मा जनमत पार्टीको वडा एकाइ तदर्थ समिति, वडा स्तरिय महिला जनमत संघका तदर्थ समिति र युवा जनमत संघका तदर्थ समिति गठन गरिएको छ । राजविराज नगरपालिका वडा नम्बर ९ मलेठ स्थित मंगलवार आयोजना गरिएको एक कार्यक्रम बिच वडा एकाई तदर्थ समितिका संयोजकमा ई. हरिनारायण यादव, वडा स्तरिय […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,७फाल्गुण।जनकपुरधामलाई धार्मिक पर्यटकीय दृष्टिले विकास गर्नुका साथै‘वैवाहिक गणतव्य’को रुपमा विकास गर्ने जनकपुरधाम उपमहानगरपालिका अगाडि बढेको छ । धार्मिक साँस्कृतिक सम्पदाको धनी मानिने जनकपुरधाम क्षेत्रको सम्पदाको संरक्षण र पर्यटन प्रबद्र्धन गर्ने तथा उपमहानगरपालिकाको आन्तरिक राजस्व अभिवृद्धिका लागि चार बुँदे निर्णयलाई अगाडि ल्याएको छ । पर्यटन भित्र्याउन तथा रोक्नका लागि जनकपुरधाम पर्यटन प्राधिकरण गठन गर्ने, […]