०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

राजनीति

नेकपा सचिवालयको अर्को बैठक २० गते बस्ने

न्यूजमधेश सम्बादाता काठमाण्डू ,१८ बैशाख। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही वैशाख २० गते बस्ने गरी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकमा आन्तरिक छलफल र सरसल्लाह जारी रहेकाले वैशाख २० गते पुनः बस्ने […]

न्यूजमधेश सम्बादाता काठमाण्डू ,१७ बैशाख ।प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को आगामी बजेट अधिवेशन सञ्चालनका लागि भइरहेको भौतिक पूर्वाधार र अन्य व्यवस्थापनको तयारीबारे जानकारी लिनुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन गई उहाँले सदनमा सरकार, सत्तापक्ष र प्रतिपक्ष सांसदका लागि सामाजिक दूरी कायम हुने गरी तयार गर्न लागिएको सिट व्यवस्थापन अवलोकन गरी जानकारी लिनुभएको […]

न्यूजमधेश सम्बादाता भैरहवा, १५ बैशाख ।कोरोना भाइरसबाट जोगिनको लागि सरकारले गरेको लकडाउनका कारण अति विपन्न घरपरिवारका व्यक्तिहरु तरकारी खानबाट बंचित हुनु पर्ने बाध्य भएपछि डा. सिके राउत नेतृत्वको जनमत पार्टीले विपन्न घरपरिवारलाई राहत स्वरुप तरकारी वितरण गरेको छ। पार्टीले रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका वडा नम्बर ७ मा अति विपन्न परिवारलाई तरकारी वितरण गरेको जनमत पार्टी […]

न्यूजमधेश सम्बादाता काठमाण्डु,१५ बैशाख । सत्तारुढ नेकपाका विद्यार्थी संगठनका नेताहरुद्वारा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका केही नेताहरुविरूद्ध साइबर अपराध मुद्दा दर्ता गर्न खोजेकोमा प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ। अनेरास्ववियूका संयोजक ऐन महर, युवा संघका सहसंयोजक रमेश पौडेल, किरण पौडेललगायतको टोलीले साइबर अपराध मुद्दा दर्ता गर्न खाेजेकाे हाे। विद्यार्थी टाेली पूर्वप्रधामन्त्री तथा डा.भट्टराई, पूर्वमन्त्री हिसिला यमी […]

मनोज बनैता, सिरहा, १३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमार्फत् अचानक २ अध्यादेश पारित गरी राष्ट्रपतिमार्फत् जारी गराएपछि देशमा राजनैतिक तरङ्ग उत्पन्न भएको थियो मधेश केन्द्रित दलले त्यसको कडा आलोचना समेत गर्दै आएका थिए । हालै बसेको मन्त्रीपरिषदको बैठकमा ल्याईएका अध्यादेश फिर्ता गर्ने निर्णय गरिएको छ । जनता समाजवादी पार्टीका युवा नेता राजु […]

राजेश शर्मा, बिराटनगर, १३ बैशाख । सशस्त्रले दरैया को सिमावर्ति इलाका बाट लागु औषध बरामद गरेको छ । सशस्त्र प्रहरी बल बॉर्डर आउट पोस्ट बखरी बाट खटिएको स.प्र.ना.नि मिन बहादुर दर्जी को नेतृत्वमा खटेको टोलीले दूरबीन बाट निगरानी गरिरहेको बेला आज २ बजेको समयमा मक्कैको खेती को बाटो भएर भारत बाट नेपाल प्रवेश गर्न खोजेको […]

जीतेन्द्र कुमार राम सबैला,१२बैशाख ।कोरोना प्रभाव र लकडाउनले निम्त्याएको अतिसंकट आर्थिक अभावको समय प्रदेश सरकारले उपलब्ध गराएको राहत बितरणमा एक स्थानिय तहका वडाका जनप्रतिनिधिले पार्टीका कार्यकर्तालाइ मात्र राहत दिई राजनितिकरण गरेको अतिबिपन्न र पिडितहरुले आरोप लगाएका छन। धनुषाको सवैला नगरपालिकामा राहत बितरणको लागि हचुवाको भरमा अनुगमन बिना नै आफ्ना पार्टिका कार्यकर्तालाइ राहत बाडेका वडा नं।१ […]

मनोज बनैता सिरहा, ११ बैशाख । केही वर्षदेखि प्रयासरत एकीकरण प्रकृयालाई मुर्तरुप दिदै राजपा र सपा एकता बन्धनमा जोडिएका छन । बुधबार राति राजपा र समाजवादीबीच भएको सहमतिका आधारमा नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ। स्रोतअनुसात पार्टीको वरियता क्रममा तत्कालीन राजपाका बरिस्ठ नेता महन्थ ठाकुरलाई पहिलो नम्बरमा राखिएको छ। दुई पार्टी एकता भएपछि […]