न्यूजमधेश समाचारदाता बारा,२५ पुस।डा सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन दलित जनमत संघ बाराको जिल्ला स्तरीय कार्य समिति शुक्रबार गठन भएको छ। बारा जिल्लाको गढिमाई नगरपालिकाको बरियारपुर स्थित गढिमाई प्राथमिक विद्यालयमा विबेक पटेलको अध्यक्षतामा एक कार्यक्रम विच ३५ सदस्यीय दलित जनमत संघ बाराको जिल्ला स्तरीय कार्य समिति गठन गरिएको छ। कार्य समितिको अध्यक्षमा रामबाबु […]
न्यूजमधेश समाचारदाता जनकपुरधाम,२५ पुस । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहमाथी आक्रमण गर्न खोज्ने पत्रकारलाई छिट्टो कानुनी दायरामा ल्याउन नेपाल नगरपालिका संघले अलटिमेटम दिएको छ। नेपाल नगरपालिका संघका केन्द्रिय अध्यक्ष अशोक ब्यागंजु श्रेष्ठले सरकारलाई अलटिमेटम दिएका छन । राज्यको चौथो अंगको रुपमा रहेको आमसंचार र पत्रकारीता पेशाकर्मीहरुको ब्यबसायिकताको उच्च मूल्यांकन र सम्मान गर्ने नगरपालिका संघको नीति […]
न्यूजमधेश समाचारतादा जनकपुरधाम, २४ पुस । राष्ट्रियसभाका सदस्य वृशेषचन्द्र लालले संचार क्षेत्रले अधिकारको प्रयोग अनुशासित भएर गर्नुपर्ने धारणा राखेका छन् । त्यसका लागि संचारजगतले स्वतन्त्र रुपमा कुनै पनि कुराको चिरफार र विश्लेषण गर्न पाउनुपर्ने बताएका हुन् । जनकपुरमा बिहीबार मिडिया काउन्सिल विधेयकको सम्बन्धमा आयोजित सम्बाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले संचार क्षेत्र स्वतन्त्र र निष्पक्ष हुनुपर्ने […]
न्यूजमधेश समाचारदाता राजविराज, २४ पुस।डा सिके राउत नेतृत्वको जनमत पार्टीको राजविराज नगरपालिका वडा नम्बर १४ परसाहिमा वडा स्तरीय युवा जनमत संघ र वडा एकाई तदर्थ समिति बिहिवार गठन गरिएको छ । कृष्णदेव मण्डलकाे अध्यक्षतमा अायाेजना गरिएको कार्यक्रममा हरेकृष्ण मण्डलकाे नेतृत्वमा २१ सदस्यीय वडा एकाई तदर्थ समिति गठन गरिएको छ । यसै गरी उपाध्यक्षमा कृष्ण देव […]
सन्तोष यादव जनकपुरधाम,२३ पुस ।जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको कार्यकक्षमै भएको कुटाकुट घटनाले उग्ररूप लिन थालेको छ। उपमहानगरपालिकाका कर्मचारी र जनकपुरका केही पत्रकार एकअर्कालाई दोषी देखाउँदै सम्बन्धित निकायसँग कारबाहीको माग गरेको हो। बुधबार उपमहानगरपालिकाका सबै कर्मचारी कार्यालय परिसरमै धर्ना बसेका छन्। उनीहरू जनकपुर निकालेर जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललाई ज्ञापनपत्र बुझाएका […]
न्यूजमधेश समाचारदाता जनकपुरधाम,२३ पुस।प्रदेश २ स्थित जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले पत्रकारिताका नाममा केहिले जनकपुरमा गुण्डागर्दी मच्चाएको आरोप लगाएका छन् । उनले पत्रकार भन्दैमा दादागिरी गर्ने, आतंक मच्चाउने, बिना पुर्वजानकारी कुनै निकायप्रमुखको कार्यकक्षमा गई हुलदुङ्गा गर्ने अधिकार नभएको बताए । “पत्रकारको पनि एउटा मर्यादा हुन्छ, पत्रकार सम्मेलनमा प्रश्न सोधोस्, समय लिएर कार्यालयमा आओस् वा अति […]
न्यूजमधेश समाचारदाता जनकपुरधाम,२३ पुस।जनकपुरधाम उप–महानगरपालिकाले पत्रकारहरुले नै अपशब्द बोलेको दावी गरेको छ । घट्नापछि नगरपालिकाले बिज्ञप्ती जारी गर्दै नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्षअनिल मिश्रसहित पत्रकारहरु अमरकान्त ठाकुर, विकास साह, शुत्रद्यन यादव गुण्डा शैलीमा उप महानगरपालिकाको कार्यालयमा प्रवेश गरी सेवाग्राहीलाई अपशब्द प्रयोग गरेको दावी गरेको हो । उप–महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहीलाल यादवले मंगलबार […]
न्यूजमधेश समाचारदाता राजविराज, २३ पुस ।डा सिके राउत नेतृत्वको जनमत पार्टीको छिन्नमस्ता गाउँपालिकाका तदर्थ समिति मङ्गलवार गठन गरिएको छ । सञ्जय मधेशीको अध्यक्षतामा आयोजना गरिएको एक कार्यक्रम बिच ऋषीकेश ठाकुरको संयोजकत्वमा ३१ सदस्यीय गाउँपालिका स्तरीय तदर्थ समिति गठन गरिएको छ । यसैगरी उपाध्यक्षमा नन्दकिशोर यादव, गोविन्द मण्डल (बौवइन), सचिवमा उदय मण्डल, सह-सचिवमा महेन्द्र नारायण शर्मा, […]