०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

राजनीति

बोगेनभिलियनद्वारा ‘स्वतन्त्रता’ पक्षमा मतदान

न्यूज मधेश,पपुवा न्यु गिनी ।बोगेनभिलियनहरूले मेलानेसियन द्वीप समूहलाई पपुवा न्यु गिनीबाट स्वतन्त्र मुलुक बनाउने/नबनाउनेबारे जनमतसंग्रहमा शनिबार पहिलो पटक मतदान गरेका छन् । विभिन्न चरणमा हुने मतदानका लागि २ लाख ५० हजार बोगेनभिलियन पञ्जीकृत छन् । जनमत संग्रहमा बोगेनभिलियनको महुमत प्राप्त भए मेलानेसियन द्वीप समूह विश्वकै नयाँ मुलुक बन्नेछ । विशेषज्ञहरूका अनुसार बोगेनभिलका अढाइ लाख मतदाता स्वतन्त्र मुलुकको पक्षमा […]

न्यूज मधेश,काठमाडौँ । सरकारले मन्त्रालय फेरबदल गरेपछि सरकारसँग रुष्ट बनेको समाजवादी पार्टी सरकारबाट बाहिरिने निक्कै चर्चा थियो । तर पछिल्लो समयको जानकारी अनुसार सरकारमै रहने भएको छ । मन्त्रीपरिषद् फेरबदल हुँदा पहिला स्वास्थ्य मन्त्री रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सुम्पीएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल […]

न्यूज मधेश,काठमाडौं। समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्ता नछाड्ने भएका छन् । उनलाई सत्ता छाड्न निकटस्थबाटै दबाब आएपनि नछाड्ने बहाना निकालेका छन् । संविधान संशोधनको अन्तिम प्रयास गर्ने भन्दै यादवले तत्काल सरकारबाट नहट्ने तर्क पार्टीका प्रभावशाली नेताहरुसँग गरेका छन् । स्वास्थ्यमन्त्रीका रुपमा भारतमा आयोजित एक कार्यक्रममा भाग लिइरहँदा उनी कानुनमन्त्रीमा परिणत भइसकेका थिए । अपमान […]

न्यूजमधेश,काठमाडौ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले आज काठमाडौ स्थित भृकुटीमण्डपमा आयोजना गरेको रङ्ग भेदविरुद्ध एकता दिवसलाई सम्बोधन गरेेेका हुन। काठमाडौंको मुटुमा आज २०७६ साल मंसीर ७ गते हामी यसरी जम्मा भएका छौं। यो ऐतिहासिक पल हो। यो अभूतपूर्व परिघटना हो। यो इतिहासको रचना हो। र आज हामी यहाँ जम्मा भएका छौं, हातमा हात मिलाएर आएका […]

न्यूज मधेश,जनकपुरधाम।धनुषाको शहीदनगर नगरपालिकाले लामो समयदेखि बृद्धभत्ता नदिएको भन्दै स्थानीय बृद्ध-बृद्धाहरू आन्दोलित बनेका छन् । शुक्रबार सयौंको संख्यामा बृद्ध-बृद्धा नगरपालिकाको कार्यालय घेराउ गरेका हुन् । विगत ८ महिनादेखि भत्ता नदिएको बृद्धबृद्धाले गुनासो गरे। उनीहरूले नगरप्रमुख उदय बरबरियाविरुद्ध नगरपालिका कार्यालय अगाडि प्रदर्शन गरे । नगरपालिका पटक पटक धाउँदा पनि नगरप्रमुख बरबरियाले वास्ता नगर्ने गरेको जनार्द मरिकले […]

न्यूज मधेश,काठमाडौं। नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । बिहीबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई सपथ ग्रहण गराएका हुन् । मन्त्रीहरुले राष्ट्रपतिसमक्ष र राज्यमन्त्रीले प्रधानमन्त्रीसमक्ष सपथ लिए । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राती ६ मन्त्री र ३ राज्यमन्त्रीलाई हटाएर नयाँ नियुक्त गरेका […]

न्यूज मधेश,सर्लाही। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले मधेशवादीको नाउँमा सबै पार्टी भोट लिएर नातावादको राजनीति गरेको बताएका छन् । आगामी मँसिर १४ गते हुन लागेको उप चुनाव २०७६ अन्तर्गत भइरहेको निर्वाचनको लागि बुधबार सर्लाहीको हरिपुर्वामा चुनावी सभालाई सम्बोधन गर्दै डा. राउतले नेकपा, राजपा, समाजवादी पार्टी, नेपाली काँग्रेस जस्ता पार्टीहरु नातावाद र जातीवादमै सिमित […]

न्यूज मधेश,सप्तरी।जिल्लाको बोदेबरसाईन नगरपालिका १ दभारी गाउँबाट प्रहरीले झण्डै एक सय पचास गाँजाको बोट नष्ट गरेका छ्न । ईलाका प्रहरी कार्यालय कडरबोनाका मातहतमा रहेका प्रहरी चौकी सिस्वाबेल्हीबाट प्रसनि दिपेन्द्र कुमार साहको कमाण्डमा खटिएको प्रहरी टोलीले सो परिणामको गाँजाको बोट मंगलबार नष्ट गरीएका हुन । गोप्य सुचनाको आधारमा बोदेबरसाईन नगरपालिका वडा नं.१ दभारी टोल स्थित खेत […]